माघ १६, २०८२ शुक्रबार | ०३:३९:४५
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

नेपालविरुद्ध भुटानः तीन तथ्य

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्सकपमा आज मंगलबार नेपालले भुटानको सामना गर्दैछ । यो तीन टिम सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेल हुनेछ । यसकै नतिजाले फाइनल खेल्ने दुई टिमको निर्धारण गर्नेछ । खेल दशरथ रंगशालामा छ बजे सुरु हुनेछ । यस खेलसँग जोडिएका तीन तथ्य यस प्रकार छन् ।

१. फाइनल समीकरण अझै खुल्ला
प्रतियोगितामा अझै टुंगो लागेको छैन्, फाइनल पुग्ने दुई टिम कुन हो भनेर । सहभागी तीन टिममध्ये आयोजक नेपालसँगै लाओस र भुटानसामु फाइनल पुग्ने अवसर कायम छ । लिगका दुई खेल समाप्त हुँदा नेपाल र लाओसको तीन तीन अंक छ । भुटान अंकविहीन छ र अन्तिम स्थानमा छ ।  

अन्तिम खेलमा नेपाल विजयी रहेको अथवा खेल बराबरीमा टुंगेको स्थितिमा भुटान प्रतियोगिताबाट बाहिरिनेछ । भुटानले फाइनल प्रवेशको लागि नेपाललाई हराए मात्र पुग्ने छैन्, उसलाई राम्रो गोल अन्तरको जित समेत आवश्यक पर्नेछ । त्यसैले पनि भुटानमाथि चुनौती अत्याधिक रहेको छ ।

२. भुटानमाथि नेपाल जित मात्रै
अन्तर्राष्ट्रिय फुटबलमा नेपालको सबैभन्दा प्रिय प्रतिद्वन्द्वी हो, भुटान । यस्तो किन भन्दा नेपालले भुटानविरुद्ध अहिलेसम्म जति पनि खेल खेलेका छन्, त्यसमा अपराजित रहेको छ । अपराजित मात्र होइन्, नेपालले भुटानविरुद्धको कुनै पनि खेलमा बराबरी समेत खेलेको छैन् । यसले देखाउँछ, नेपाल भुटानमाथि कति धेरै हाबी छ भनेर ।

अहिलेसम्म दुई टिमबीच १२ खेल भएकोमा ती सबैमा नेपाल विजयी रहेको छ । दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्न लागेको भने सन् १९९९ यता पहिलो पल्ट हो । त्यस अर्थमा २४ वर्षपछि यी दुई टिम दशरथ रंगशालामा भिड्दै छन् । त्यस अन्तिम खेलमा नेपाल ७–० ले विजयी रहेको थियो । दशरथ रंगशालामा नेपाल र भुटानको यो दोस्रो खेल मात्र हुनेछ ।

३. नेपाली भूमिमा भुटानको खराव प्रदर्शन
भुटानलाई लिएर एउटा खराव तथ्य के छ भने यसले अहिलेसम्म नेपाली भूमिमा जित निकाल्न सकेको छैन् । जित मात्र होइन्, हार समेत टार्न सकेको छैन् । भुटान दशरथ रंगशालामा छैटौं खेल खेल्नेछ । त्यस अगाडिका सबै पाँच खेलमा भुटान पराजित रहेको छ । समग्रमा भने भुटान नवौं पल्ट नेपाल भूमिमा खेल्दैछ ।

तीन सबै खेलमा पनि भुटान पराजित रहेको छ । दशरथ रंगशालमा बाहेक भुटानले अन्यत्र तीन खेल खेलेको छ । त्यसमा एक खेल महाराजगञ्जको प्रहरी प्रशिक्षण प्रतिष्ठानको मैदानमा भएको थियो । बाँकी दुई खेल भने पोखरामा भएको थियो । यी सबैमा पनि भुटानले बेहोरेको एक मात्र नतिजा भने हार मात्र हो, बराबरी पनि होइन।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।