चैत्र ६, २०८२ शुक्रबार | २२:२९:०९
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

नेपालविरुद्ध भुटानः तीन तथ्य

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्सकपमा आज मंगलबार नेपालले भुटानको सामना गर्दैछ । यो तीन टिम सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेल हुनेछ । यसकै नतिजाले फाइनल खेल्ने दुई टिमको निर्धारण गर्नेछ । खेल दशरथ रंगशालामा छ बजे सुरु हुनेछ । यस खेलसँग जोडिएका तीन तथ्य यस प्रकार छन् ।

१. फाइनल समीकरण अझै खुल्ला
प्रतियोगितामा अझै टुंगो लागेको छैन्, फाइनल पुग्ने दुई टिम कुन हो भनेर । सहभागी तीन टिममध्ये आयोजक नेपालसँगै लाओस र भुटानसामु फाइनल पुग्ने अवसर कायम छ । लिगका दुई खेल समाप्त हुँदा नेपाल र लाओसको तीन तीन अंक छ । भुटान अंकविहीन छ र अन्तिम स्थानमा छ ।  

अन्तिम खेलमा नेपाल विजयी रहेको अथवा खेल बराबरीमा टुंगेको स्थितिमा भुटान प्रतियोगिताबाट बाहिरिनेछ । भुटानले फाइनल प्रवेशको लागि नेपाललाई हराए मात्र पुग्ने छैन्, उसलाई राम्रो गोल अन्तरको जित समेत आवश्यक पर्नेछ । त्यसैले पनि भुटानमाथि चुनौती अत्याधिक रहेको छ ।

२. भुटानमाथि नेपाल जित मात्रै
अन्तर्राष्ट्रिय फुटबलमा नेपालको सबैभन्दा प्रिय प्रतिद्वन्द्वी हो, भुटान । यस्तो किन भन्दा नेपालले भुटानविरुद्ध अहिलेसम्म जति पनि खेल खेलेका छन्, त्यसमा अपराजित रहेको छ । अपराजित मात्र होइन्, नेपालले भुटानविरुद्धको कुनै पनि खेलमा बराबरी समेत खेलेको छैन् । यसले देखाउँछ, नेपाल भुटानमाथि कति धेरै हाबी छ भनेर ।

अहिलेसम्म दुई टिमबीच १२ खेल भएकोमा ती सबैमा नेपाल विजयी रहेको छ । दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्न लागेको भने सन् १९९९ यता पहिलो पल्ट हो । त्यस अर्थमा २४ वर्षपछि यी दुई टिम दशरथ रंगशालामा भिड्दै छन् । त्यस अन्तिम खेलमा नेपाल ७–० ले विजयी रहेको थियो । दशरथ रंगशालामा नेपाल र भुटानको यो दोस्रो खेल मात्र हुनेछ ।

३. नेपाली भूमिमा भुटानको खराव प्रदर्शन
भुटानलाई लिएर एउटा खराव तथ्य के छ भने यसले अहिलेसम्म नेपाली भूमिमा जित निकाल्न सकेको छैन् । जित मात्र होइन्, हार समेत टार्न सकेको छैन् । भुटान दशरथ रंगशालामा छैटौं खेल खेल्नेछ । त्यस अगाडिका सबै पाँच खेलमा भुटान पराजित रहेको छ । समग्रमा भने भुटान नवौं पल्ट नेपाल भूमिमा खेल्दैछ ।

तीन सबै खेलमा पनि भुटान पराजित रहेको छ । दशरथ रंगशालमा बाहेक भुटानले अन्यत्र तीन खेल खेलेको छ । त्यसमा एक खेल महाराजगञ्जको प्रहरी प्रशिक्षण प्रतिष्ठानको मैदानमा भएको थियो । बाँकी दुई खेल भने पोखरामा भएको थियो । यी सबैमा पनि भुटानले बेहोरेको एक मात्र नतिजा भने हार मात्र हो, बराबरी पनि होइन।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो