चैत्र १४, २०८२ शनिबार | ०८:५३:०८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लाओसविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत लाओसविरुद्धको उद्घाटन खेलमा नेपालको सुरुआती ११ सर्वाजनिक भएको छ ।

नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

यही खेलमर्फत रक्षक सनिश श्रेष्ठले राष्ट्रिय टोलीका लागि डेब्यु गरेका छन् ।

नेपालले अहिलेसम्म दुई पटक लाओसको सामना गरेकोमा दुवै खेलमा हाबी रहेको छ । यी दुई खेलमध्ये एकमा नेपाल विजयी रहेको छ ।

अर्को खेल बराबरीमा टुंगेको छ । नेपालले सबैभन्दा पहिले लाओसको सामना गरेको सन् २०१६ मा हो । मे १६ लाओसको राजधानी भियनटाइनमा भएको त्यो खेल १-१ को बराबरीमा टुंगेको थियो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका रूपमा त्यस प्रतिस्पर्धामा नेपालका लागि विशाल राईले गोल गरेका थिए । नेपालले त्यो खेल प्रशिक्षक ग्योतुकु कोजीको नेतृत्वमा खेलेको थियो ।

दोस्रो खेल त्यही वर्षको नोभेम्बर १२ मा भएको थियो । प्रतियोगिता थियो, एएफसी सोलिडारिटी कप । प्रतियोगिता मलेसियाको कुचिङमा भएको थियो । प्रशिक्षक भने तिनै कोजु नै थिए ।

सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० ले हराएको थियो । त्यस पेनाल्टी सुटआउटमा नेपालले सुरुआती तीनै प्रहारलाई सफलतापूर्वक गोलमा परिणत गरेको थियो ।

नेपालका लागि हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरे । लाओसका तीनै प्रकार गोलमा परिणत हुन सकेन् । निर्धारित र अतिरिक्त समयको खेलमा विमल घर्तिमगर र अनन्त तामाङले गोल गरेका थिए । विमलले ४७ औं मिनेटमा गोल गरेपछि अनन्तले एक सय चार औं मिनेटमा दोस्रो गोल थपेका थिए ।

नेपालको सुरुआती ११
किरणकुमार लिम्बु ( गोलकिपर/ कप्तान),  रोहित चन्द, अनन्त तामाङ, विकाश खवास, सनिश श्रेष्ठ, एरिक विष्ट, नविन लामा, पुजन उपरकोटी, भरत खवास, आयुष घलान, नवयुग श्रेष्ठ

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो