चैत्र १४, २०८२ शनिबार | ०३:२३:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

४१ वर्षको उमेरमा इभ्राहिमोभिचको गोल

काठमाडौं । एसि मिलानका स्ट्राइकर जाल्टन इभ्राहिमोभिच सिरी ए इतिहासमै पाका गोलकर्ता भएका छन् । अनुभवी ४१ वर्षीय इभ्राहिमोभिचले शनिबार राति उडिनेसविरुद्ध पेनाल्टीमा गोल गर्दै यो उपलब्धी हासिल गरेका हुन् ।

इभ्राहिमोभिच ४१ वर्ष एक सय ६६ दिनका भएका छन् । यसअघि ४१ वर्ष २५ दिनका एलेसान्द्रो कोस्टाकुर्टा सर्वाधिक पाका गोलकर्ता थिए ।

यद्यपि खेलमा एसि मिलान ३–१ ले पराजित भयो । पहिलो हाफको इन्जुरी समयमा इभ्राहिमोभिचले दोस्रो पटक पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए । उडिनेसका गोलकिपर मार्काे सिल्भेस्ट्रीले पहिलो पेनाल्टी रोकेपनि रेफ्रीले पुनः पेनाल्टी प्रहार गर्ने अवसर दिएका दिए ।

स्विडिस अनुभवी खेलाडी इभ्राहिमोभिचले घुँडाको खतरनाक चोटपछि पहिलो गोल गरेका हुन् । यदपि रोबार्टाे पेरेरा, गोमेज बेटुन्कल र किङ्स्लेले गोल गर्दै उडिनेसलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।  

हारपछि मिलान २७ खेलबाट ४८ अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ३८ अंकको उडिनेस आठौं स्थानमा उक्लियो । २६ खेल खेलेको नापोली ६८ अंकसहित शीर्षस्थानमा छ ।

इभ्राहिमोभिचको सहयोगमा मिलानले अघिल्लो सिजन सिरी ए उपाधि जितेको थियो । यसपछि उनलेको लिगामेन्ट गयो । फेब्रुअरीमा पुनरागमन गरेपछि वैकल्पिक खेलाडीको रुपमा तीन खेल खेलेका छन् । उनी सिरी ए मा गोल गर्ने पाका कप्तान समेत बने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो