माघ १५, २०८२ बिहीबार | १२:५८:३९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

४१ वर्षको उमेरमा इभ्राहिमोभिचको गोल

काठमाडौं । एसि मिलानका स्ट्राइकर जाल्टन इभ्राहिमोभिच सिरी ए इतिहासमै पाका गोलकर्ता भएका छन् । अनुभवी ४१ वर्षीय इभ्राहिमोभिचले शनिबार राति उडिनेसविरुद्ध पेनाल्टीमा गोल गर्दै यो उपलब्धी हासिल गरेका हुन् ।

इभ्राहिमोभिच ४१ वर्ष एक सय ६६ दिनका भएका छन् । यसअघि ४१ वर्ष २५ दिनका एलेसान्द्रो कोस्टाकुर्टा सर्वाधिक पाका गोलकर्ता थिए ।

यद्यपि खेलमा एसि मिलान ३–१ ले पराजित भयो । पहिलो हाफको इन्जुरी समयमा इभ्राहिमोभिचले दोस्रो पटक पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए । उडिनेसका गोलकिपर मार्काे सिल्भेस्ट्रीले पहिलो पेनाल्टी रोकेपनि रेफ्रीले पुनः पेनाल्टी प्रहार गर्ने अवसर दिएका दिए ।

स्विडिस अनुभवी खेलाडी इभ्राहिमोभिचले घुँडाको खतरनाक चोटपछि पहिलो गोल गरेका हुन् । यदपि रोबार्टाे पेरेरा, गोमेज बेटुन्कल र किङ्स्लेले गोल गर्दै उडिनेसलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।  

हारपछि मिलान २७ खेलबाट ४८ अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ३८ अंकको उडिनेस आठौं स्थानमा उक्लियो । २६ खेल खेलेको नापोली ६८ अंकसहित शीर्षस्थानमा छ ।

इभ्राहिमोभिचको सहयोगमा मिलानले अघिल्लो सिजन सिरी ए उपाधि जितेको थियो । यसपछि उनलेको लिगामेन्ट गयो । फेब्रुअरीमा पुनरागमन गरेपछि वैकल्पिक खेलाडीको रुपमा तीन खेल खेलेका छन् । उनी सिरी ए मा गोल गर्ने पाका कप्तान समेत बने ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।