माघ ३, २०८२ शनिबार | १४:५७:५४
कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो

खेलाडी र मालिकसँग रुष्ट कोन्टे

काठमाडौं । इङ्लिस क्लब टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे आफ्ना खेलाडी र मालिकविरुद्ध रुष्ट देखिएका छन् । शनिबार राति साउथह्याम्पटनविरुद्ध ३–३ गोलको बराबरी खेलेपछि कोन्टे आक्रोसित देखिएका हुन् ।

कोन्टेले आफ्ना खेलाडी निकै ‘सेल्फिस’ रहेको र क्लबको मालिक परिवर्तन नगरेसम्म हालको परिस्थिती परिवर्तन हुन नसक्ने दुखेसो पोखेका हुन् । ‘टोटनहमको २० वर्ष यात्रामा न क्लबले कुनै उपाधि जितेको छ । न त मालिक नै परिवर्तन भएका छन्,’ कोन्टेले भने । ‘किन ?’ उनले प्रश्न गरेका छन् ।

टोटनहमले एसटी मार्टमा सुरुवातमा दुई गोलको अग्रता दिएको थियो । तर, १५ मिनेट भित्रै दुईगोल बेहोर्न पुग्यो । ‘गल्ती क्लबको हो कि यहाँको व्यवस्थापनको ?,’ अर्काे प्रश्न छ । ‘मैले बेन्चमा व्यवस्थापनलाई देखेको छु । उनीहरु बारम्बार आरोप लगाउन खोज्छन्,’ कोन्टेले भने ।

कोन्टेले यो सबै घटना लुकाउन खोेजेपनि नसकेको र लुकाउन समेत नुहने बताए । उनले समर्थकलाई समेत यो घटना अस्विकार्य रहेको बताएका छन् । सन् २००१ यता डानियल लेभीको स्वामित्वमा रहेको टोटनहमले एकमात्रै उपाधि जितेको छ । त्यो हो सन् २००८ को एफए कप ।

पछिल्लो २० वर्षमा टोटनहमले ११ प्रशिक्षक पाएको छ । सन् २०१९ यता तीन प्रशिक्षक परिवर्तन भएका छन् । यसक्रममा मोरिसिओ पोचेटिन्होले टोलीलाई च्याम्पियन्स लिग फाइलनमा पुर्याएका थिए ।

यसपटक टोटनहम सबै प्रतिस्पर्धाको उपाधि होडबाट बाहिरिएको छ । सेफिल्ड युनाइटेडेले एफए कप र एसि मिलानले च्याम्पियन्सलिगमा टोटनहमलाई पराजित गरेका थिए ।

कोन्टेले यो घटनामा खेलाडीले समेत जिम्मेवारी लिनुपर्ने बताए । ‘क्लब, प्रशिक्षक र स्टाफले मात्रै हैन । यो अवस्थामा आउनुमा खेलाडीसमेत सामेल छन्,’ उनले भने । ‘यदि टोटनहम चाहन्छ भने यो स्थिति परिवर्तन गर्नुपर्छ ।’

उनले यो अवस्था परिवर्तन गर्न मालिन नै परिवर्तन गर्नुपर्ने बताए । ‘यदि उनीहरु राम्रो बाटो चाहन्छन् भने मालिक नै परिवर्तन गर्नुपर्छ । यदि भएन भने यो अवस्था परिवर्तन हुने छैन,’ कोन्टेले थपे । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate