चैत्र १४, २०८२ शनिबार | १६:२७:३१
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

खेलाडी र मालिकसँग रुष्ट कोन्टे

काठमाडौं । इङ्लिस क्लब टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे आफ्ना खेलाडी र मालिकविरुद्ध रुष्ट देखिएका छन् । शनिबार राति साउथह्याम्पटनविरुद्ध ३–३ गोलको बराबरी खेलेपछि कोन्टे आक्रोसित देखिएका हुन् ।

कोन्टेले आफ्ना खेलाडी निकै ‘सेल्फिस’ रहेको र क्लबको मालिक परिवर्तन नगरेसम्म हालको परिस्थिती परिवर्तन हुन नसक्ने दुखेसो पोखेका हुन् । ‘टोटनहमको २० वर्ष यात्रामा न क्लबले कुनै उपाधि जितेको छ । न त मालिक नै परिवर्तन भएका छन्,’ कोन्टेले भने । ‘किन ?’ उनले प्रश्न गरेका छन् ।

टोटनहमले एसटी मार्टमा सुरुवातमा दुई गोलको अग्रता दिएको थियो । तर, १५ मिनेट भित्रै दुईगोल बेहोर्न पुग्यो । ‘गल्ती क्लबको हो कि यहाँको व्यवस्थापनको ?,’ अर्काे प्रश्न छ । ‘मैले बेन्चमा व्यवस्थापनलाई देखेको छु । उनीहरु बारम्बार आरोप लगाउन खोज्छन्,’ कोन्टेले भने ।

कोन्टेले यो सबै घटना लुकाउन खोेजेपनि नसकेको र लुकाउन समेत नुहने बताए । उनले समर्थकलाई समेत यो घटना अस्विकार्य रहेको बताएका छन् । सन् २००१ यता डानियल लेभीको स्वामित्वमा रहेको टोटनहमले एकमात्रै उपाधि जितेको छ । त्यो हो सन् २००८ को एफए कप ।

पछिल्लो २० वर्षमा टोटनहमले ११ प्रशिक्षक पाएको छ । सन् २०१९ यता तीन प्रशिक्षक परिवर्तन भएका छन् । यसक्रममा मोरिसिओ पोचेटिन्होले टोलीलाई च्याम्पियन्स लिग फाइलनमा पुर्याएका थिए ।

यसपटक टोटनहम सबै प्रतिस्पर्धाको उपाधि होडबाट बाहिरिएको छ । सेफिल्ड युनाइटेडेले एफए कप र एसि मिलानले च्याम्पियन्सलिगमा टोटनहमलाई पराजित गरेका थिए ।

कोन्टेले यो घटनामा खेलाडीले समेत जिम्मेवारी लिनुपर्ने बताए । ‘क्लब, प्रशिक्षक र स्टाफले मात्रै हैन । यो अवस्थामा आउनुमा खेलाडीसमेत सामेल छन्,’ उनले भने । ‘यदि टोटनहम चाहन्छ भने यो स्थिति परिवर्तन गर्नुपर्छ ।’

उनले यो अवस्था परिवर्तन गर्न मालिन नै परिवर्तन गर्नुपर्ने बताए । ‘यदि उनीहरु राम्रो बाटो चाहन्छन् भने मालिक नै परिवर्तन गर्नुपर्छ । यदि भएन भने यो अवस्था परिवर्तन हुने छैन,’ कोन्टेले थपे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो