माघ १८, २०८२ आइतबार | ११:१३:१६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

मनाङको पुनरागमन जित

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि २-१ को पुनारागमन जित निकालेको छ ।

यस जितसँगै  मनाङ पाँच खेलमा ११ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा एपिएफ समान खेलबाट सात अंक जोडेर छैटौ स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा मनाङले एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै लिगमा तेस्रो जित निकालेको हो ।  

मनाङको जितमा कमल थापा र साइड्जामोल डेब्लातजोनोभले समान एक गोल गरे । एपिएफका अर्मान्ड बिडोमले एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । नविन लामाको क्रसमा बिडोमले हेडरमार्फत गोल गरेका हुन् ।

५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १-१ को बराबरीमा ल्याए । सुमित श्रेष्ठले एपिएफका बिकी तामाङलाई बिट गर्दै उपलब्ध गराएको क्रसलाई कमलले वान टचमा पोस्टको दिशा दिएका हुन् ।

७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर डेब्लातजोनोभले डिबक्स बाहिरबाट सुन्दर  गोल गर्दै मनाङलाई २-१ को रोमाञ्चक जित दिलाए ।

खेलको सुरुवाती तीन मिनेट भित्रै एपिएफले सुन्दर अवसर सृजना गरेको थियो । एपिएफका कप्तान नविन लामाको फ्रिकिक प्रहारलाई बिक्कीको हेडर मनाङका कप्तान तथा गोलकिपर दीप कार्कीले बचाएका थिए ।

त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाकी छँदा बिक्कीको क्रसलाई सदुपयोग गर्दै हरि कार्कीले प्रहार गरेको शट दीपले बचाए । पहिलो हाफको इन्जुरी समयमा मणी लामाको प्रहार बाहिरिँदा एपिएफले अग्रता दोब्बर बनाउने सहज अवसर गुमायो ।

२६ औं मिनेटमा मनाङका फरवार्ड कोफी टिमोथीको फितलो प्रहार एपिएफका गोलकिपर युया कुरियामाले सहजै बचाए ।

५९ औं मिनेटमा मनाङका कमलको कर्नरमा आशिष गुरुङको हेडर एपिएफका रक्षक मानबहादुर राना मगरले गोललाइनबाट क्लियर गर्दै टोलीको खतरा टारे ।

यसअघि हिमालयन शेर्पा र मछिन्द्रसँग बराबरी खेलेको मनाङले संकटा र एनआटीलाई पराजित गरेको थियो । यसैगरी थ्री स्टार र आर्मीलाई पराजित गरेको एपिएफले सातदोबाटसँग पराजय ब्यहोर्दा जवलाखेलसँग बराबरी खेलेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।