चैत्र ७, २०८२ शनिबार | १२:४६:०९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

मनाङको पुनरागमन जित

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि २-१ को पुनारागमन जित निकालेको छ ।

यस जितसँगै  मनाङ पाँच खेलमा ११ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा एपिएफ समान खेलबाट सात अंक जोडेर छैटौ स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा मनाङले एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै लिगमा तेस्रो जित निकालेको हो ।  

मनाङको जितमा कमल थापा र साइड्जामोल डेब्लातजोनोभले समान एक गोल गरे । एपिएफका अर्मान्ड बिडोमले एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । नविन लामाको क्रसमा बिडोमले हेडरमार्फत गोल गरेका हुन् ।

५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १-१ को बराबरीमा ल्याए । सुमित श्रेष्ठले एपिएफका बिकी तामाङलाई बिट गर्दै उपलब्ध गराएको क्रसलाई कमलले वान टचमा पोस्टको दिशा दिएका हुन् ।

७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर डेब्लातजोनोभले डिबक्स बाहिरबाट सुन्दर  गोल गर्दै मनाङलाई २-१ को रोमाञ्चक जित दिलाए ।

खेलको सुरुवाती तीन मिनेट भित्रै एपिएफले सुन्दर अवसर सृजना गरेको थियो । एपिएफका कप्तान नविन लामाको फ्रिकिक प्रहारलाई बिक्कीको हेडर मनाङका कप्तान तथा गोलकिपर दीप कार्कीले बचाएका थिए ।

त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाकी छँदा बिक्कीको क्रसलाई सदुपयोग गर्दै हरि कार्कीले प्रहार गरेको शट दीपले बचाए । पहिलो हाफको इन्जुरी समयमा मणी लामाको प्रहार बाहिरिँदा एपिएफले अग्रता दोब्बर बनाउने सहज अवसर गुमायो ।

२६ औं मिनेटमा मनाङका फरवार्ड कोफी टिमोथीको फितलो प्रहार एपिएफका गोलकिपर युया कुरियामाले सहजै बचाए ।

५९ औं मिनेटमा मनाङका कमलको कर्नरमा आशिष गुरुङको हेडर एपिएफका रक्षक मानबहादुर राना मगरले गोललाइनबाट क्लियर गर्दै टोलीको खतरा टारे ।

यसअघि हिमालयन शेर्पा र मछिन्द्रसँग बराबरी खेलेको मनाङले संकटा र एनआटीलाई पराजित गरेको थियो । यसैगरी थ्री स्टार र आर्मीलाई पराजित गरेको एपिएफले सातदोबाटसँग पराजय ब्यहोर्दा जवलाखेलसँग बराबरी खेलेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो