माघ १५, २०८२ बिहीबार | १५:५९:३०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

पहिलो जितको खोजीमा पुलिस र एनआरटी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार हुने पाँचौं चरणको खेलमा न्युरोड टिम (एनआरटी) को समान गर्दा विभागीय टोली नेपाल पुलिस क्लब पहिलो जितको खोजीमा हुनेछ ।

पुलिस यसअघिका चारै खेलमा क्रमशः चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, संकटा र साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग पराजित भएको थियो ।

लगातारको हारका करण दबबामा रहेको पुलिस अन्तर्राष्ट्रिय  श्रामअघिको खेलमा एनआरटीलाई पराजित गर्दै केही राहत महसुस गर्न चाहन्छ ।

एनआरटीविरुद्ध पुलिसका रवी पासवान, सन्तोष हेमरुन लगातयतका खेलाडी निर्णायक बन्न सक्छन् ।

लिगमा गती लिन नसकेको एनआरटी पनि पुलिसलाई हराउँदै जितको लय समात्ने लक्ष्यमा छ ।

यसअघि सातादोबाटो युथ क्ब, जावलाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबसँग पराजित एनआटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भने बराबरी खेलेको थियो ।

एनआरटी चार खेलमा एक अंकका साथ १३ औं स्थानमा रहँदा पुलिस समान खेलबाट विन अंक पुछारमा छ ।

एनआरटी भारतका लालनुन्जामा आशोक खवास लगायतका खेलाडीमा निर्भर छ ।

पुलिस र एनआरटीबीचको खेल दिउँसो २ः ३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

यसैगरी दिउसो साढे २ः ३० मै च्यासल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लबले आर्मीको समाना गर्नेछ ।

लिगको चौथो खेलमा आएर जितको स्वाद चाखेको फेन्ड्स आर्मीविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ ।

 यसअघि सातादोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो ।

फ्रेन्ड्स क्लब कप्तान प्रकाश बुढाथोकी, लक्ष्मण रुचाल, घानाका टेरिक जेब्रिनमा बढी निर्भर रहनेछ ।

चौथो खेलमा आएर अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग स्तब्ध बनेको आर्मी पनि फेन्ड्सलाई हराउँदै जित लय समात्ने दाउनमा छ ।

एपिएफसँगको पराजयसँगै आर्मीको लिगमा १६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

जारी लिगमा संकटा र एनआटीसँग बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई पराजित गरेको थियो ।

आर्मीका दिनेश हेन्जन, नवयुग श्रेष्ठ लगायतका खेलाडी घातक बन्न सक्छन् ।

चार खेलमा पाँच अंक जोडेको आर्मी नवौं स्थानमा रहँदा फेन्ड्स समान खेलबाट चार अंकका साथ १२ औं स्थानमा छ ।

साँझ  ५ः ३० बजे दशरथ रंशालामा हुने खेलमा  मनाङ मर्स्याङदी क्लबले एपिएफको सामना गनेृछ ।

लिगमा अपराजित रहेको मनाङ एपिएफलाई पराजित गर्दै त्यसलाई काय राख्न चाहन्छ  ।

यसअघि हिमालयन शेर्पा र मछिन्द्रसँग बराबरी खेलेको मनाङले संकटा र एनआटीलाई पराजित गरेको थियो ।

मनाङका लागि रोशन राना मगर, टोगाका कोफी कोडो, उज्वेकिस्तानका साइड्जामोल डेब्लातजोनोभ निर्णायक बन्न सक्छन् ।

एपिएफ पनि मनाङलाई स्तब्त बनाउँदै लगतार दोस्रो जित निकाल्ने  योजनामा छ ।

यसअघि  थ्री स्टार र आर्मीलाई पराजित गरेको एपिएफले सातदोबाटसँग पराजय ब्यहोर्दा जवलाखेलसँग बराबरी खेलेको थियो ।

मनाङका लागि मणीकुमार लामा, मालिका एडामा डोम्बिया , चाडका आर्मन्ड बिडोम जस्ता खेलाडी घातक बन्न सक्छन् ।

मनाङ चार खेलमा आठ अंकका साथ चौथो स्थानमा रहँदा एपिएफ समान खेलबाट सात अंक जोडेर पाँचौं स्थानमा छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।