चैत्र १४, २०८२ शनिबार | ०६:५९:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पहिलो जितको खोजीमा पुलिस र एनआरटी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार हुने पाँचौं चरणको खेलमा न्युरोड टिम (एनआरटी) को समान गर्दा विभागीय टोली नेपाल पुलिस क्लब पहिलो जितको खोजीमा हुनेछ ।

पुलिस यसअघिका चारै खेलमा क्रमशः चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, संकटा र साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग पराजित भएको थियो ।

लगातारको हारका करण दबबामा रहेको पुलिस अन्तर्राष्ट्रिय  श्रामअघिको खेलमा एनआरटीलाई पराजित गर्दै केही राहत महसुस गर्न चाहन्छ ।

एनआरटीविरुद्ध पुलिसका रवी पासवान, सन्तोष हेमरुन लगातयतका खेलाडी निर्णायक बन्न सक्छन् ।

लिगमा गती लिन नसकेको एनआरटी पनि पुलिसलाई हराउँदै जितको लय समात्ने लक्ष्यमा छ ।

यसअघि सातादोबाटो युथ क्ब, जावलाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबसँग पराजित एनआटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भने बराबरी खेलेको थियो ।

एनआरटी चार खेलमा एक अंकका साथ १३ औं स्थानमा रहँदा पुलिस समान खेलबाट विन अंक पुछारमा छ ।

एनआरटी भारतका लालनुन्जामा आशोक खवास लगायतका खेलाडीमा निर्भर छ ।

पुलिस र एनआरटीबीचको खेल दिउँसो २ः ३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

यसैगरी दिउसो साढे २ः ३० मै च्यासल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लबले आर्मीको समाना गर्नेछ ।

लिगको चौथो खेलमा आएर जितको स्वाद चाखेको फेन्ड्स आर्मीविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ ।

 यसअघि सातादोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो ।

फ्रेन्ड्स क्लब कप्तान प्रकाश बुढाथोकी, लक्ष्मण रुचाल, घानाका टेरिक जेब्रिनमा बढी निर्भर रहनेछ ।

चौथो खेलमा आएर अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग स्तब्ध बनेको आर्मी पनि फेन्ड्सलाई हराउँदै जित लय समात्ने दाउनमा छ ।

एपिएफसँगको पराजयसँगै आर्मीको लिगमा १६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

जारी लिगमा संकटा र एनआटीसँग बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई पराजित गरेको थियो ।

आर्मीका दिनेश हेन्जन, नवयुग श्रेष्ठ लगायतका खेलाडी घातक बन्न सक्छन् ।

चार खेलमा पाँच अंक जोडेको आर्मी नवौं स्थानमा रहँदा फेन्ड्स समान खेलबाट चार अंकका साथ १२ औं स्थानमा छ ।

साँझ  ५ः ३० बजे दशरथ रंशालामा हुने खेलमा  मनाङ मर्स्याङदी क्लबले एपिएफको सामना गनेृछ ।

लिगमा अपराजित रहेको मनाङ एपिएफलाई पराजित गर्दै त्यसलाई काय राख्न चाहन्छ  ।

यसअघि हिमालयन शेर्पा र मछिन्द्रसँग बराबरी खेलेको मनाङले संकटा र एनआटीलाई पराजित गरेको थियो ।

मनाङका लागि रोशन राना मगर, टोगाका कोफी कोडो, उज्वेकिस्तानका साइड्जामोल डेब्लातजोनोभ निर्णायक बन्न सक्छन् ।

एपिएफ पनि मनाङलाई स्तब्त बनाउँदै लगतार दोस्रो जित निकाल्ने  योजनामा छ ।

यसअघि  थ्री स्टार र आर्मीलाई पराजित गरेको एपिएफले सातदोबाटसँग पराजय ब्यहोर्दा जवलाखेलसँग बराबरी खेलेको थियो ।

मनाङका लागि मणीकुमार लामा, मालिका एडामा डोम्बिया , चाडका आर्मन्ड बिडोम जस्ता खेलाडी घातक बन्न सक्छन् ।

मनाङ चार खेलमा आठ अंकका साथ चौथो स्थानमा रहँदा एपिएफ समान खेलबाट सात अंक जोडेर पाँचौं स्थानमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो