माघ ५, २०८२ सोमबार | १०:१८:०२
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

जावलाखेलको तेस्रो जित, थ्री स्टार १–० ले पराजित

सातदोबाटो । पहिलो हाफको १६ औं मिनेटमा एन्कोटो मासोबीले गरेको गोल निर्णायक बन्दा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जावलाखेलले थ्री स्टारविरुद्ध पहिलो हाफमा  १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा थ्री स्टारले पुनरागमन गर्न नसक्दा जावलाखेलले लिगमा तेस्रो जित दर्ता गरेको हो ।

लिगमा थ्री स्टारको भने यो दोस्रो हार हो ।

जितसँगै जावलाखेलले पाँच खेलबाट १० अंक जोड्दा थ्री स्टारको सात अंक छ ।

खेलको १६ औं मिनेटमा हिसुब थपलियाले कर्नर क्षेत्रबाट प्रदान गरेको क्रसलाई मासोबीले सुन्दर भली प्रहार गरेका थिए । मासोबीको प्रहारले सेकेन्ड बारको जाली चुमेको थियो ।

यसबीच दुवै क्लबले केही अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् ।

२१ औं मिनेटमा अशोक खवासको लामो दुरीबाट गरेको प्रहार बाहिरिएको थियो । आठौं मिनेटमा हिसुबको पहार बाहिरिँदा जावलाखेल अग्रता लिनबाट बन्चित भएको थियो ।

१४ औं मिनेटमा हिसुबले मासोबीलाई प्रदान गरेको क्रसलाई थ्री स्टारका रक्षक पिटर सेगुनले क्लियर गरिदिए ।

सुरुवाती हाफको मध्यतिर थ्री स्टारका लकेन लिम्बुलाई जावलाखेलका विशाल तामाङले लडाउँदा थ्री स्टारले फ्रिकिक पाएको थियो । तर, अनिल महर्जनको फ्रिकिक प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाए ।

३९ औं मिनेटमा आदित्य शाक्यको सटिक प्रहार पोस्ट बारमा लागेपछि थ्री स्टारले बराबरी गोल गर्ने मौका गुमायो ।

दोस्रो हाफमा जावलाखेलले एकपछि अर्को मौका सृजना गरेको थियो । तर, भाग्यले साथ नदिँदा उसले अग्रतालाई बढाउन सकेन ।

दोस्रो हाफको ७ मिनेटमै हिसुबको प्रहार पोस्ट बारमा लागेर बाहिरियो । त्यसको केही सेकेन्ड्समै हिसुबको कर्नर पासमा मासोबीले गरेको हेडर बाहिरिन पुग्यो ।

चार मिनेटपछि फेरि मासोबीको प्रहार पोस्ट बारमा लागेर बाहिरिएपछि जावलाखेलले अग्रता दोब्बर बनाउन सकेन ।

७२ औं मिनेटमा अनिलको प्रहार अनिशले रोके । त्यसको एक मिनेटपछि आदित्यको प्रहारले पोस्टको दिशा लिन सकेन ।

निर्धारित ९० मिनेट सकिन ६ मिनेट बाकी छँदा थ्री स्टारका पिटर सेगुनको हेडरलाई अनिशले सुन्दर बचाउ गरे ।

खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका आशिश राईको शक्तिशाली प्रहार बाहिरिँदा जावलाखेल अंक गुमाउनबाट जोगिएको थियो ।

गोलकिपर अनिश खेलको म्यान अफ दि म्याच चुनिए ।

जावलाखेल कप्तान सिमान्त थापाको उपस्थितीविनानै मैदान उत्रिएको थियो । फ्रेन्ड्सविरुद्धको पछिल्लो खेलमा सिमान्त दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका  थिए । सिमान्तको अनुपस्थितीमा जावलाखेलले छिरिङ लामालाई राइट ब्याकमा प्रयोग गरेको थियो । त्यस्तै कप्तानको जिम्मेवारी आदित्य चौधरीले सम्हालेका थिए ।
 

उता थ्री स्टार पनि अनुभवी  लेफ्ट ब्याक विराज महर्जनविना मैदान उत्रिएको थियो ।

यसअघि थ्री स्टार र जावलाखेल दुवैले चार खेलमा दुई जित, एक हार र एक बराबरी खेलेका थिए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate