चैत्र ११, २०८२ बुधबार | ०२:०३:४८
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

जावलाखेलको तेस्रो जित, थ्री स्टार १–० ले पराजित

सातदोबाटो । पहिलो हाफको १६ औं मिनेटमा एन्कोटो मासोबीले गरेको गोल निर्णायक बन्दा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जावलाखेलले थ्री स्टारविरुद्ध पहिलो हाफमा  १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा थ्री स्टारले पुनरागमन गर्न नसक्दा जावलाखेलले लिगमा तेस्रो जित दर्ता गरेको हो ।

लिगमा थ्री स्टारको भने यो दोस्रो हार हो ।

जितसँगै जावलाखेलले पाँच खेलबाट १० अंक जोड्दा थ्री स्टारको सात अंक छ ।

खेलको १६ औं मिनेटमा हिसुब थपलियाले कर्नर क्षेत्रबाट प्रदान गरेको क्रसलाई मासोबीले सुन्दर भली प्रहार गरेका थिए । मासोबीको प्रहारले सेकेन्ड बारको जाली चुमेको थियो ।

यसबीच दुवै क्लबले केही अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् ।

२१ औं मिनेटमा अशोक खवासको लामो दुरीबाट गरेको प्रहार बाहिरिएको थियो । आठौं मिनेटमा हिसुबको पहार बाहिरिँदा जावलाखेल अग्रता लिनबाट बन्चित भएको थियो ।

१४ औं मिनेटमा हिसुबले मासोबीलाई प्रदान गरेको क्रसलाई थ्री स्टारका रक्षक पिटर सेगुनले क्लियर गरिदिए ।

सुरुवाती हाफको मध्यतिर थ्री स्टारका लकेन लिम्बुलाई जावलाखेलका विशाल तामाङले लडाउँदा थ्री स्टारले फ्रिकिक पाएको थियो । तर, अनिल महर्जनको फ्रिकिक प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाए ।

३९ औं मिनेटमा आदित्य शाक्यको सटिक प्रहार पोस्ट बारमा लागेपछि थ्री स्टारले बराबरी गोल गर्ने मौका गुमायो ।

दोस्रो हाफमा जावलाखेलले एकपछि अर्को मौका सृजना गरेको थियो । तर, भाग्यले साथ नदिँदा उसले अग्रतालाई बढाउन सकेन ।

दोस्रो हाफको ७ मिनेटमै हिसुबको प्रहार पोस्ट बारमा लागेर बाहिरियो । त्यसको केही सेकेन्ड्समै हिसुबको कर्नर पासमा मासोबीले गरेको हेडर बाहिरिन पुग्यो ।

चार मिनेटपछि फेरि मासोबीको प्रहार पोस्ट बारमा लागेर बाहिरिएपछि जावलाखेलले अग्रता दोब्बर बनाउन सकेन ।

७२ औं मिनेटमा अनिलको प्रहार अनिशले रोके । त्यसको एक मिनेटपछि आदित्यको प्रहारले पोस्टको दिशा लिन सकेन ।

निर्धारित ९० मिनेट सकिन ६ मिनेट बाकी छँदा थ्री स्टारका पिटर सेगुनको हेडरलाई अनिशले सुन्दर बचाउ गरे ।

खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका आशिश राईको शक्तिशाली प्रहार बाहिरिँदा जावलाखेल अंक गुमाउनबाट जोगिएको थियो ।

गोलकिपर अनिश खेलको म्यान अफ दि म्याच चुनिए ।

जावलाखेल कप्तान सिमान्त थापाको उपस्थितीविनानै मैदान उत्रिएको थियो । फ्रेन्ड्सविरुद्धको पछिल्लो खेलमा सिमान्त दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका  थिए । सिमान्तको अनुपस्थितीमा जावलाखेलले छिरिङ लामालाई राइट ब्याकमा प्रयोग गरेको थियो । त्यस्तै कप्तानको जिम्मेवारी आदित्य चौधरीले सम्हालेका थिए ।
 

उता थ्री स्टार पनि अनुभवी  लेफ्ट ब्याक विराज महर्जनविना मैदान उत्रिएको थियो ।

यसअघि थ्री स्टार र जावलाखेल दुवैले चार खेलमा दुई जित, एक हार र एक बराबरी खेलेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो