चैत्र ८, २०८२ आइतबार | ००:३२:२५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आर्सनलको लगातार तेस्रो जित

लन्डन, (खेलाडी)- इङलिस प्रिमियर लिगको खेलमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्सनलले आइतबार टोटनहममाथि ३-१ को नतिजा निकालेको छ । 

घरेलु मैदानमा भएको लन्डन 'डर्बी'मा विजयी नतिजा निकाल्ने क्रममा आर्सनलका लागि इमिल स्मिथ रोव र बुकायो साकाले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेका थिए । 

साकाको पासमा स्मिथ रोवले गोल गर्दै घरेलु टोलीलाई १२औं मिनेटमा अग्रता दिलाएका थिए । स्मिथ रोवको पासमा गोल गर्दै पिरे इमेरिक औबामेयाङले २८औं मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे । साकाले ३४औं मिनेटमा अर्को गोल गरेर आर्सनललाई पहिलो हाफमै ३-० को प्रभावशाली अग्रता दिलाए । 

भ्रमणकारी टोटनहमका लागि समय सकिन ११ मिनेट बाँकी रहँदा सान्त्वनास्वरुप दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले एक गोल फर्काएका थिए । सनले सर्जियो रिग्विलनको पासमा गोल गरेका थिए । 

नयाँ सिजनको निराशाजनक सुरुआत गरे पनि पछिल्लो समय लयमा देखिएको आर्सनलको यो प्रिमियर लिगमा लगातार तेस्रो जित हो । घरेलु लिगअन्तर्गत अगस्ट २८ मा म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भएपछि आर्सनलले सबै खेलमा जित हासिल गरेको छ । पछिल्ला दुई खेलमा आर्सनलले नर्विच सिटीलाई सेप्टेम्बर ११ तथा बर्नलीलाई सेप्टेम्बर १८ मा १-० को समान अन्तरमा पराजित गरेको थियो । 

जितपछि आर्सनल सहरी प्रतिद्वन्द्वी टोटनहमलाई गोलअन्तरमा पछि पार्दै प्रिमियर लिग अंकतालिकाको १०औं स्थानमा उक्लिएको छ । ६ खेलमा दुवै टोलीले समान नौं अंक जोडे पनि टोटनहम गोलअन्तरमा पछि छ । समान नौं अंक जोडेको ब्रेन्टफोर्ड भने नवौं स्थानमा छ ।

आइतबारै यसअघि सम्पन्‍न खेलमा राउल जेमिनेजको गोलमा उल्भरह्याम्पटनले साउथह्याम्पटनलाई १-० को नतिजामा हराएको थियो । जितपछि ६ खेलमा ६ अंक जोडेको उल्भरह्याम्पटन प्रिमियर लिग अंकतालिकाको १४औं स्थानमा उक्लिँदा चार अंकमै सिमित साउथह्याम्पटन १६औं स्थानमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो