माघ १८, २०८२ आइतबार | ०१:४३:००
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

आर्सनलको लगातार तेस्रो जित

लन्डन, (खेलाडी)- इङलिस प्रिमियर लिगको खेलमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्सनलले आइतबार टोटनहममाथि ३-१ को नतिजा निकालेको छ । 

घरेलु मैदानमा भएको लन्डन 'डर्बी'मा विजयी नतिजा निकाल्ने क्रममा आर्सनलका लागि इमिल स्मिथ रोव र बुकायो साकाले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेका थिए । 

साकाको पासमा स्मिथ रोवले गोल गर्दै घरेलु टोलीलाई १२औं मिनेटमा अग्रता दिलाएका थिए । स्मिथ रोवको पासमा गोल गर्दै पिरे इमेरिक औबामेयाङले २८औं मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे । साकाले ३४औं मिनेटमा अर्को गोल गरेर आर्सनललाई पहिलो हाफमै ३-० को प्रभावशाली अग्रता दिलाए । 

भ्रमणकारी टोटनहमका लागि समय सकिन ११ मिनेट बाँकी रहँदा सान्त्वनास्वरुप दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले एक गोल फर्काएका थिए । सनले सर्जियो रिग्विलनको पासमा गोल गरेका थिए । 

नयाँ सिजनको निराशाजनक सुरुआत गरे पनि पछिल्लो समय लयमा देखिएको आर्सनलको यो प्रिमियर लिगमा लगातार तेस्रो जित हो । घरेलु लिगअन्तर्गत अगस्ट २८ मा म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भएपछि आर्सनलले सबै खेलमा जित हासिल गरेको छ । पछिल्ला दुई खेलमा आर्सनलले नर्विच सिटीलाई सेप्टेम्बर ११ तथा बर्नलीलाई सेप्टेम्बर १८ मा १-० को समान अन्तरमा पराजित गरेको थियो । 

जितपछि आर्सनल सहरी प्रतिद्वन्द्वी टोटनहमलाई गोलअन्तरमा पछि पार्दै प्रिमियर लिग अंकतालिकाको १०औं स्थानमा उक्लिएको छ । ६ खेलमा दुवै टोलीले समान नौं अंक जोडे पनि टोटनहम गोलअन्तरमा पछि छ । समान नौं अंक जोडेको ब्रेन्टफोर्ड भने नवौं स्थानमा छ ।

आइतबारै यसअघि सम्पन्‍न खेलमा राउल जेमिनेजको गोलमा उल्भरह्याम्पटनले साउथह्याम्पटनलाई १-० को नतिजामा हराएको थियो । जितपछि ६ खेलमा ६ अंक जोडेको उल्भरह्याम्पटन प्रिमियर लिग अंकतालिकाको १४औं स्थानमा उक्लिँदा चार अंकमै सिमित साउथह्याम्पटन १६औं स्थानमा छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।