क्रिस्टियानो रोनाल्डो

रोनाल्डोसँग राम्रो तालमेल हुँदैछः गार्सिया

रियाद । साउदी अरेबियन क्लब अल नासरका प्रशिक्षक रुडी गार्सियाले टोलीका अन्स सदस्य र पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोबीच राम्रो तालमेल हुँदै गएको बताएका छन् ।

बिहिबार राति साउदी प्रो लिगमा अल नासरले क्रिस्टीयानो रोनाल्डोको चार गोल मद्दतमा अल वेहदामाथि  ४-० को फराकिलो जित निकालेको थियो ।

महंगो मूल्यमा अनुबन्धित भएका रोनाल्डोले अल नासरमा राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । यसअघि, उनले तीन खेलमा एक मात्र गोल गरेका थिए ।

जितपछि प्रशिक्षक गार्सियाले रोनाल्डोको तारिफ गरेका छन् । ‘रोनाल्डो राम्रा फरवार्ड हुन् । उनको खेलबाट अन्य खेलाडीले धेरै कुरा सिक्न सक्छन् । पहिले सहकर्मीसँग उनको राम्रो सहकार्य भएको थिएन । खेलको समय समस्या हुन्थ्यो । तर, अहिले रोनाल्डोको खेल्न अन्य खेलाडीले पनि बुझिसकेका छन् । त्यसैले टोलीमा राम्रो तालमेल देखिन थालेको छ,’ गार्सियाले भने ।

अल नासर लिगमा १६ खेल खेल्दै एघार जित, एक हार र चार बराबरीको नतिजासहित ३७ अंकका साथ शीर्ष स्थानमा छ ।