इङ्लिस प्रिमियर लिग

लिभरपुलले मिडफिल्डर केइटासँग सम्झौता नवीकरण नगर्ने

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलले मिडफिल्डर नाबी केइटासँगको सम्झौता नवीकरण नगर्ने भएको छ ।

लिभरपुलले सन् २०१८ मा २७ वर्षीय मिडफिल्डर केइटालाई ५४ मिलियन पाउन्ड तिरेर जर्मन क्लब लाइपजिगबाट एनफिल्ड भित्र्याएको थियो ।

जारी सिजन लिभरपुलले पछिल्ला आठ सिजन यताकै सबैभन्दा खराबस्थितमा छ । टोलीको खराब प्रदर्शनसँगै प्रशिक्षक योर्गेन क्लोपमाथि लयमा नरहेका खेलाडीलाई प्रतिस्थापन गर्न दबाब बढेको छ । त्यसैले पनि केइटालाई लिभरपुलले केइटासँगको सम्झौता  नबढाउने निर्णय लिएको हो । 

 लिभरपुल जारी सिजनमा २० खेलबाट २९ अंक जोड्दै १० औं स्थानमा छ । 

लिभरपुलसँग केइटाको सम्झौता आगमी जुनमा सकिँदैछ । 

पछिल्लो चोटसँग संघर्ष गरिरहेका केइटाले लिभरपुलका लागि ८२ प्रिमियर लिग खेल्दा सात गोल गरेका छन् । याे सिजन पनि केइटाले ११ खेलमा मात्र माैका पाएका छन् ।