इटालियन सिरी ए

अवसर खेर जान नदिने लोरेन्जोको विश्वास

मिलान । नेपोलीका कप्तान जियोभानी डी लोरेन्जोले आफ्नो टोलीसामु यस सिजन इटालियन सिरी ए को उपाधि जित्ने सुनौलो अवसर भएकाले त्यसलाई खेर जान नदिने बताएका छन ।

नेपोली १९८९–९० सिजनपछि पहिलो पटक सिरी ए को उपाधि जित्ने लक्ष्यमा रहेको छ । शीर्ष स्थानमा नेपोलीले १३ अंकको अग्रता लिइसकेको छ । नेपोलीको ५३ अंक छ भने दोस्रो स्थानको इन्टर मिलानको ४० अंक छ । 

यस क्रममा नेपोलीले लिगको २० खेलमा १७ खेल जितेको छ । एक खेलमा पराजित भएको नेपोलीले दुई खेलमा अंक बाँडेको छ । यस सिजन नेपोलीले पछिल्लो १६ खेलमा १५ खेल जितेको छ ।

आइतबार राती नेपोलीले स्पेजियाको भ्रमण गर्दैछ । 

‘हामीसँग यस सिजन इटालियन सिरी ए को उपाधि जित्ने प्रबल सम्भावना रहेको छ’ ,लोरेन्जोले भने, ‘तर अझ लामो यात्रा तय गर्न बाँकी छ । हामीले बढी आत्मविश्वासी बन्नु हुँदैन । उपाधि जितिसक्यौ भनेर खेल्ने हो भने त्यो ठूलो भुल हुनेछ । हामीले अझ स्वभाविक लय अनुसारको प्रदर्शन गर्नुपर्छ । हामीसामु आएको यो अवसर खेर जान दिन हुँदैन ।’