मंसिर ३०, २०८२ मंगलबार | १२:०९:३१
हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित

१०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीको निर्देशन

बालुवाटारमा प्रधानमन्त्रीसँग खेलकर्मीहरु । तस्बिरः भट्टराईको फेसबुकबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीका सबैखाले अवस्थाको अध्ययनपश्चात नसर्ने गरी १०औं वृहत राष्ट्रिय खेलकुदको मिति तोक्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सोमबार आफ्नै निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका साथै राखेपका पदाधिकारीहरुलाई बोलाएर छलफल गरेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको राखेपका सदस्य कमल भट्टराईले जानकारी गराएका छन् ।

भट्टराईका अनुसार राखेपका संरक्षकको हैसियतमा प्रधानमन्त्री ओलीले सोमबार विभिन्न २२ वटा राष्ट्रिय खेल संघका पदाधिकारहिरुसँग पनि छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालय र राखेपबीच उचित समन्वय गर्न पनि निर्देशन दिएका थिए ।

‘प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार छलफल हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूबाट १०औं राष्ट्रिय खेलुकद गर्न सम्पूर्ण तयारी गरी मिति स्थान अध्ययन गरेर मात्र मिति घोषणा गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभयो,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खेलकुद परिषदका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूबाट खेलकुद मन्त्रालय र खेलकुद परिषदबीच उचित समन्वय हुनुपर्ने विषयमा पनि निर्देशन दिनुभएको छ । साथै २२ वटा खेलकुद संघसँग पनि खेलकुदका विषयमा व्यापक छलफल भयो ।’

१०औं राष्ट्रिय खेलकुद गतवर्ष कर्णाली प्रदेशको सुर्खेतमा हुने तय थियो । तर सरकारी उदासिनताका कारण नेपाली खेलकुदको सबभन्दा ठूलो मेला सबै तयारी पूरा भइसक्नाका बावजुद पनि गतवर्ष हुन सकेको थिएन ।

प्रत्येक दुई वर्षमा हुनुपर्ने मान्यता रहेको राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ मंसिरमा पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा भएको थियो । समयको अनुशासनलाई सरकारले नै पालना नगर्दा २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदको अहिलेसम्म ४४ वर्षमा ९ संस्करणमात्र सम्पन्न भएका छन् । जवकि स्थापना गर्दाको भावनाअनुसार समयको अनुशासनलाई सरकारले पालना गरेको भए अहिले राष्ट्रिय खेलकुदको २२औं संस्करणको तयारी भइरहेको हुन्थ्यो ।

१०औं राष्ट्रिय खेलुकदका लागि सुर्खेतमा सबैखाले भौतिक पूर्वाधार अघिल्लो वर्ष नै तयार भइसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका निवर्तमान सदस्यसचिव विश्वामित्र संज्यालले बताउँदै आएका छन् ।

आगामी मंसिरमा नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यसचिवको नियुक्ति पाएका टंकलाल घिसिङको चार वर्षे कार्यकाल सकिएपछि १०औं राष्ट्रिय खेलकुद गर्ने सरकारी योजना रहेको बताइन्छ ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team