मंसिर २३, २०८२ मंगलबार | ११:२०:४५
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान

सम्मानपछि कराते खेलाडी एरिका (बायाँ) र फुटबलर अञ्जनाको बीचमा आयोजक डा. सृष्टी श्रेष्ठ प्रजापती । तस्बिर सौजन्यः आयोजक

काठमाडौं । एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगर मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् ।

कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते स्टार एरिका र फुटबलकी सनसनी अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेवापत दुवै खेलाडीलाई डा. सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले खेलाडीलाई सम्मान गर्दै खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन । उनले आगामी वर्षहरुमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन ।

सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरुलाई देशका लागि अझ समर्पित भएर खेल्न उर्जा मिल्ने बताउँदै आयोजकलाई धन्यवाद दिए । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas