पुस ५, २०८२ आइतबार | ०२:२४:५६
धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर

मिसन २०२६ ले देशलाई खुसी पार्छः सदस्यसचिव घिसिङ

मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा सहभागी रहेका १० खेलका संघका पदाधिकारी तथा मुख्य प्रशिक्षकहरुसमेतको बैठकमा सदस्यसचिव घिसिङ । तस्बिर सौजन्यः राखेप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जापानमा अर्को वर्ष हुने २०औं एसियाली खेलकुद (एसियाड)मा उपाधि जित्ने लक्ष्यसहित बनाइएको मिसन २०२६ ले पूरा  देशलाई खुशस बनाउने विचार राखेका छन् ।

मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा सहभागी रहेका १० खेलका संघका पदाधिकारी तथा मुख्य प्रशिक्षकहरुसमेतको बैठकमा सदस्यसचिव घिसिङले भने, ‘यो देशलाई खुसी बनाउने योजना हो । मिसन २०२६ भनेको २०औं एसियाडमा स्वर्णसहित कम्तिमा दोहोरो अंकमा पदक जित्ने योजना हो ।’

सदस्य सचिव घिसिङले जापानको नागोयामा एसियाली खेलकुद हुने बेलासम्म आफ्नो कार्यकाल सकिइसक्ने उल्लेख गर्दै नेतृत्व परिवर्तनले खेलकुदका योजनाहरुमा फरक नपर्ने विश्वास व्यक्त गरे ।

‘त्योबेलासम्म म पूर्व सदस्यसचिव भइसकेको हुनेछु । तर त्यसले केही फरक पार्दैन । खेलाडीले निरन्तर प्रशिक्षणको मौका पाउनुपर्छ । अनि मात्र पदक जित्न सकिन्छ । यो देशले बनाएको महत्वाकांक्षी योजना हो । यसलाई सफल बनाउन खेल संघको पनि उत्तिकै भूमिका रहन्छ ।’

२०औं एसियाड आउन १३ महिनामात्र बाँकी रहेको स्मरण गराउँदै सदस्यसचिव घिसिङले एक हप्ताभित्र सबै संघलाई स्पष्ट र ठोष कार्ययोजना बुझाउन निर्देशन दिए ।

प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय दायरा फराकिलो हुनुपर्नेमा जोड दिँदै सदस्यसचिव घिसिङले सम्बन्धित खेलमा राम्रो रहेका देश, अन्तर्राष्ट्रिय महासंघ र विभिन्न देशस्थित नेपाली दुताबाससँग समन्वय गर्न खेल संघहरुलाई सुझाए । बजेटको अभावले मिसन २०२६ मा कुनै समस्या नहुने उनको प्रतिबद्धता थियो ।

सदस्यसचिव घिसिङले गतसाता मात्र उद्घाटन भएको नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको क्षमता वृद्धिमा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गरे ।

नागोया एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले २०८० सालदेखि मिसन २०२६ को नाममा विशेष प्रशिक्षण सुरु गरेको थियो । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I