माघ ९, २०८२ शुक्रबार | १७:२६:५५
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा

मिसन २०२६ ले देशलाई खुसी पार्छः सदस्यसचिव घिसिङ

मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा सहभागी रहेका १० खेलका संघका पदाधिकारी तथा मुख्य प्रशिक्षकहरुसमेतको बैठकमा सदस्यसचिव घिसिङ । तस्बिर सौजन्यः राखेप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जापानमा अर्को वर्ष हुने २०औं एसियाली खेलकुद (एसियाड)मा उपाधि जित्ने लक्ष्यसहित बनाइएको मिसन २०२६ ले पूरा  देशलाई खुशस बनाउने विचार राखेका छन् ।

मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा सहभागी रहेका १० खेलका संघका पदाधिकारी तथा मुख्य प्रशिक्षकहरुसमेतको बैठकमा सदस्यसचिव घिसिङले भने, ‘यो देशलाई खुसी बनाउने योजना हो । मिसन २०२६ भनेको २०औं एसियाडमा स्वर्णसहित कम्तिमा दोहोरो अंकमा पदक जित्ने योजना हो ।’

सदस्य सचिव घिसिङले जापानको नागोयामा एसियाली खेलकुद हुने बेलासम्म आफ्नो कार्यकाल सकिइसक्ने उल्लेख गर्दै नेतृत्व परिवर्तनले खेलकुदका योजनाहरुमा फरक नपर्ने विश्वास व्यक्त गरे ।

‘त्योबेलासम्म म पूर्व सदस्यसचिव भइसकेको हुनेछु । तर त्यसले केही फरक पार्दैन । खेलाडीले निरन्तर प्रशिक्षणको मौका पाउनुपर्छ । अनि मात्र पदक जित्न सकिन्छ । यो देशले बनाएको महत्वाकांक्षी योजना हो । यसलाई सफल बनाउन खेल संघको पनि उत्तिकै भूमिका रहन्छ ।’

२०औं एसियाड आउन १३ महिनामात्र बाँकी रहेको स्मरण गराउँदै सदस्यसचिव घिसिङले एक हप्ताभित्र सबै संघलाई स्पष्ट र ठोष कार्ययोजना बुझाउन निर्देशन दिए ।

प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय दायरा फराकिलो हुनुपर्नेमा जोड दिँदै सदस्यसचिव घिसिङले सम्बन्धित खेलमा राम्रो रहेका देश, अन्तर्राष्ट्रिय महासंघ र विभिन्न देशस्थित नेपाली दुताबाससँग समन्वय गर्न खेल संघहरुलाई सुझाए । बजेटको अभावले मिसन २०२६ मा कुनै समस्या नहुने उनको प्रतिबद्धता थियो ।

सदस्यसचिव घिसिङले गतसाता मात्र उद्घाटन भएको नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको क्षमता वृद्धिमा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गरे ।

नागोया एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले २०८० सालदेखि मिसन २०२६ को नाममा विशेष प्रशिक्षण सुरु गरेको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate