चैत्र ८, २०८२ आइतबार | ०४:२७:३६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

क्रिकेटका सारथिलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित विनयराज पाण्डे ।

काठमाडौं । नेपाली क्रिकेटको इतिहास खोज्ने हो भने सबैभन्दा पहिला
आउने नाम हो विनयराज पाण्डे । उनले आफ्नो जीवनको ६ दशकभन्दा बढि समय क्रिकेटमै बिताएका  छन् ।

क्रिकेट खेल नेपालमा १९९७ सालबाटै सुरु भएको इतिहासबाट भेटिन्छ । २००४ सालमा त्रियोगीनाथ उप्रेतीको अध्यक्षतामा नेपालमा क्रिकेट संघ गठन भएको थियो । त्यतिबेला क्रिकेट खेल हुनेखानेले मात्र खेल्थे । तिनै व्यक्तिहरू जसले बाहिर पढ्न जाने हैसियत राख्थे । क्रिकेट खेल नै त्यस्तै छ, अरू खेलको तुलनामा महँगो । झन् ७/८ दशक अघि त आम मानिसले यो खेल खेल्न सक्ने कुरै रहेन ।

यो एलिटहरूले खेल्ने खेललाई सर्वसाधारण सम्म पुर्याउने व्यक्ति हुन् पाण्डे ।

राजा त्रिभुवनका पाला देखिका पुरोहित कुलका विनयराज पाण्डे ६० को दशकमा टुंडिखेलमा सेतो लुगा लगाएर क्रिकेटमा झुम्मिएका खेलाडी देखेर त्यसमा आकर्षित हुन पुगेका थिए ।

त्यो आकर्षण समर्पणमा परिणत हुन पुग्यो की उनले बाँकी जीवन क्रिकेटमै बिताए । उनी क्रिकेटको विकासमा ६ दशक भन्दा वढी समय अनवरत लागिरहे ।

१९६० को दशकमा हुने गरेको मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित हुन नसकेपछि एउटा बलियो संघ गठन गर्ने सल्लाह भयो । त्यसमा जयकुमार नाथ शाह अध्यक्ष रहँदा पाण्डले महासचिवको जिम्मेवारी पाए ।

सन् १९६४ देखि २००२ सम्म गरी ३८ वर्ष उनी महासचिवका  रूपमा रहे । यहि बेलादेखि तयार हुँदै गयो क्रिकेट विकासको प्रकृया।

सन् २००५ देखि २०११ सम्म पाण्डे नेपाल क्रिकेट संघको अध्यक्ष बने । त्यस्तै उनले एसियाली क्रिकेट परिषद् एसिसीको केन्द्रिय सदस्य हुँदै उपाध्यक्ष सम्मको जिम्मेवारी निभाए ।

पछि पाण्डेले २०१४ देखि २०१६ सम्म नेपाली क्रिकेट आइसिसीको निलम्बनमा परेको बेला क्यानको नेतृत्व गरे ।

पाण्डेकै पहलमा नेपालले सन् १९९० मा आइसिसीको एसोसिएट मान्यता पनि पाएको थियो । यसका लागि १९९० मा पाण्डे सचिवको हैसियतमा दुबईमा भएको एसियाली क्रिकेट परिषद (एसिसी) बैठकमा सहभागिता जनाएका थिए ।

एसोसिएटको मान्यता पाएपछि पाण्डेले नेपालमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाउनुपर्ने कुरामा जोड दिए । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) र भारतीय क्रिकेट टोलीको प्रायोजक जी टिभीको सहयोगमा सन १९९२ तिर त्रिवि क्रिकेट मैदान तयार भयो ।

तत्कालीन उपकुलपति मंगलसिद्धि मानन्धरले लिजमा यो मैदान ५ वर्षका लागि उपलब्ध गराएका थिए । यसको केही वर्षभित्रै क्रिकेट संघले भक्तपुरस्थित सैनिक आवासीय मावि, जावलाखेलको सेन्ट जेभियर्स र पुल्चोकको इन्जिनियरिङ कलेजमा पनि मैदान बनायो ।

उनको कार्यकालमा प्राप्त सफलताबीच उपलब्धिहरुको खुड्किलो चढ्दै जाने क्रममा नेपालले आज एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ ।

नेपाली खेल पत्रकारको छात्रा संगठ नेपाल पत्रकार मञ्चले क्रिकेटका सारथि विनयराज पाण्डेलाई योगदानको कदर स्वरुप लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो