चैत्र १६, २०८२ सोमबार | ०६:२२:४७
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

अवार्डलाई केल्मीको साथ निरन्तर

सम्झौ पत्रमा हस्ताक्षर गरेपछि एनएसजेएफका महासचिव प्रज्वल ओली र नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रवन्ध निर्देशक उत्तम न्यौपाने ।

काठमाडौं । अन्तर्राष्ट्रिय खेल सामाग्री निर्माण कम्पनी केल्मीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई सह-प्रायोजकका रूपमा साथ दिने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव प्रज्वल ओली र नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सह-प्रायोजक बनेवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मीको पोसाक उपलब्ध गराउने छ । कामरुका निर्देशक न्यौपानेले स्पोर्टस अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धनमा निरन्तर सहयोग रहने बताए ।

अवार्ड यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

अवार्डमा वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरिनेछ । अवार्डमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधा समावेश छन् । यसैगरी पिपल्स च्वाइस अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, टिम अफ दी इयर, पारा एथलिट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा छन् ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो