चैत्र १५, २०८२ आइतबार | १८:४१:२३
डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी गुलशन झा पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयन सुचिमा गुलशनसँगै राष्ट्रिय खेल भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती बिष्ट र फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठको नाम छ ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई यही भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ-सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ-सेवामा गरेको मतको मतभार ५० प्रतिसत, फेसबुकमा गरेको मतको भार २५ प्रतिसत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२.५ प्रतिसत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्जवल ओलीले शुक्रबार मनोनयन सार्वजनिक गर्ने क्रममा जानकारी गराए ।

नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्डका रुपमा स्थापित पल्सर स्पोर्टस अवार्डमा मञ्चले यसपाली १० विधा समावेश गरेको छ । जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधा छन् । यसैगरी पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ दी इयर विधा पनि अवार्ड कार्यक्रममा समावेश हुनेछन् ।

उत्कृष्ट घोषित हुने पुरुष,  महिला, युवा खेलाडी तथा प्रशिक्षकले पुरस्कारस्वरुप पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् भने पिपल्स च्वाइस विधाका विजेताले पल्सर एनएस ४०० पाउने मञ्चले जनाएको छ । यसैगरी अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने बताइएको छ ।

पिपल्स च्वाइस विधाको लागि भोटिङ पार्टनरका रुपमा मञ्चले शुक्रबारै इ-सेवासँग सम्झौता गर्यो ।

गुलशन झा (क्रिकेट)

गुलशन झा

देव्रेहाते ब्याटर एवं दाहिने हाते बलर गुलसन नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य हुन् । नेपाललाई पहिलो पटक एसिया कपमा छनोट गराउने क्रममा उनले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध बलबाट १ विकेट लिनुका साथै ब्याटबाट अविजित ६७ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

१६ वर्षको उमेरमै राष्ट्रिय टिमबाट मैदान उत्रिएका नेपाल पुलिस क्लबका अलराउन्डर गुलशनले आइसिसी एसिया ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालबाट सर्वाधिक ५४ रन बनाएका थिए । त्यसक्रममा उनले २५ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए ।

कविता भट्ट (भलिबल)

कविता भट्ट

विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्ने राष्ट्रिय खेलाडी कविता भट्ट नेपालले हालै त्रिपुरेश्वरमा सम्पन्न काभा महिला नेसन्स लिगमा दोस्रो स्थान हासिल गर्दा टिमकी महत्वपूर्ण सदस्य थिइन्।

अघिल्लो वर्ष यही प्रतियोगितामा कांस्य पदक जित्दा पनि टिममा रहेकी उनले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरिन् । गतवर्ष एपिएफले ढोरपाटन महिला डबल लिग, केएनपी राष्ट्रिय महिला च्याम्पियनसिप तथा टाइगर कपमा उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो । केएनपी च्याम्पियनसिपमा उत्कृष्ट सर्भर भएकी उनी गएको वर्ष एपिएफ एनभिए कपमा उपविजेता बन्दा उत्कृष्ट ब्लकर चुनिएकी थिइन् ।

मानमती बिष्ट (कबड्डी)

मानमती बिष्ट

नेपालले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा कबड्डीबाट कांस्य पदक जित्दा रेड र डिफेन्स दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी मानमतीको भूमिका उच्च थियो । नेपालले एसियाली खेलकुदमा टिम खेलबाट जितेको त्यो इतिहासकै पहिलो पदक थियो ।

१२औं दक्षिण एसियाली खेलकुद (साग)मा एथ्लेटिक्सबाट भाग लिएकी मानमतीले १३औं सागमा भने कबड्डी टिमबाट रजत पदक जितेकी थिइन् । नेपाल पुलिस क्लबकी खेलाडी मानमतीले छैटौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्समा प्रतिस्पर्धा गर्ने क्रममा ४ सय मिटर हर्डल्स, ८ सय मिटर दौड, ४ गुणा १२ सय मिटर रिले र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन् ।

यसैगरी कबड्डी सुपर लिग तथा राष्ट्रिय कबड्डी प्रतियोगितामा पुलिस च्याम्पियन हुँदा मानमती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

प्रीति राई (फुटबल)

प्रीति राई

महिला राष्ट्रिय फुटबल टोलीकी छरिती मिड्फिल्डर सदस्य प्रीतिले १६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी थिइन् ।

गतवर्ष साउदी अरेबियामा सम्पन्न आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा प्रीतिको प्रदर्शन प्रशंसायोग्य थियो । लेबनानविरुद्ध सेमिफाइनलमा उनैले निर्णायक गोल गरेकी थिइन । राष्ट्रिय महिला लिगमा सात गोल गरेकी उनले एएफसी वुमन्स च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि गोल गरेकी छिन् ।

 

श्रीराम श्रेष्ठ (रग्बी)

श्रीराम श्रेष्ठ

नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दाका खेलाडी श्रीराम राष्ट्रिय खेलकुदमा बागमती प्रदेशलाई च्याम्पियन बनाउने कप्तान हुन् । 

चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुद खेल्दा नेपाली टिमका मुख्य खेलाडी श्रीरामले ओलम्पिक छनोटका साथै तीन पटक एसियन रग्बी सेभेन्स खेलेका छन् । उनले रग्बी फिप्टिन्समा पनि नेपालको प्रतिनिधित्व गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो