माघ १६, २०८२ शुक्रबार | १२:०९:५८
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

निर्धारित मितिमै राष्ट्रिय खेलकुद हुनेमा संज्याल आशावादी

सुर्खेतमा निर्माणाधिन कर्णाली र‌गशालामा सदस्यसचिव स‌ज्याल

काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वामित्र संज्यालले निर्धारित मितिमै १०औं वृहत राष्ट्रिय खेलकुद आयोजनाका लागि आफूहरु पूर्ण रुपमा तयार रहेको बताएका छन् ।

दुई वर्षअघि पोखरामा नवौं राष्ट्रिय खेलकुद समापनको अवसरमा १०औं संस्करणको आयोजकका रुपमा कर्णालीको घोषणा हुँदा नै यही २०८१ मंसिर २ देखि ९ गतेसम्म नेपाली घरेलु खेलकुदको सबभन्दा ठूलो मेला आयोजना गर्न मिति तय भएको थियो ।

तर राष्ट्रिय राजनीतिमा आएको अर्को मोडका कारण नयाँ गठबन्धन सरकार बनेपछि राष्ट्रिय खेलकुद समयमै नहुने आशंका पैदा भएको थियो । राष्ट्रिय खेलकुद आयोजनाको तयारी निरिक्षण गर्न मंगलबार सुर्खेत पुगेका नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधार निर्माणको प्रगति विवरण सन्तोषजनक नभएको भन्दै निर्धारित मितिमा गर्न सकिनेमा आशंका व्यक्त गरेका थिए ।

मन्त्री चौधरीले सो क्रममा निर्माण व्यावसायीलाई दुई सिफ्टमा काम गर्न निर्देशन दिएका थिए । उनले भौतिक पूर्वाधार निर्माणको कामले आगामी दिनमा लिने गति र त्यसको प्रगति विवरण हेरेपछि मात्र नयाँ मिति तय गर्न सकिने बताए ।

तर कर्णाली प्रदेश खेलुकद विकास परिषदका सदस्यसचिव संज्यालले भने पूर्वाधार निर्माणको काम तीब्र गतिमा भइरहेको र असोजको अन्त्यसम्ममा मुख्य रंगशाला नै तयार भइसक्ने दाबी गरे ।

सुर्खेतमा निर्माणाधिन कर्णाली र‌गशाला

‘हामी आफ्नो तर्फबाट समयमै राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि सम्पूर्ण रुपमा तयार छौं । हाम्रा खेलाडीहरु पनि निरन्तर अभ्यासमा छन् । पूर्वाधार वा अन्य तयारीका कारण राष्ट्रिय खेलकुद रोकिन्न । अरु कुनै कारणले रोकिए हामीले केही भन्न सक्दैनौं,’ खेलाडी डटकमसँग कुरा गर्दै सदस्यसचिव संज्यालले भने, ‘सरकारको तत्परता चाँही उत्साहजनक छैन । ९० दिन मात्र बाँकी हुँदा  पनि सरकारले कुनै तयारी अगाडि बढाएको छैन । समयमै भएन भने सरकारी ढिलासुस्तीका कारण मात्र हुँदैन ।’

राष्ट्रिय खेलकुद सुरु हुन तीन महिनामात्र बाँकी रहँदा समेत सरकारले खरिद प्रक्रिया अगाडि नबढाएको कारण समस्या पर्न सक्ने उनले बताए । राष्ट्रिय खेलकुद निर्देशिका र खरिद प्रक्रियाको विषयमा मन्त्रीपरिषदले निर्णय गर्नुपर्ने र त्यो निर्णय भइसकेपछि पनि निक्कै लामो प्रक्रिया हुने भएकाले निर्धारित समयमा गर्न कठिन हुन सक्ने संज्यालले बुझेका छन् ।

भन्छन्, ‘पूर्वाधारको काम समयमै सम्पन्न गर्न हाम्रो इन्जिनियरिङ टिम तयार छ । त्यहीअनुसार कामदार पनि भर्ति गरिएको छ । समयमै भौतिक पूर्वाधार तयार हुनेमा हामी ढुक्क छौं । सरकारले पनि त्यहीअनुसार तयारी अगाडि बढाए समयमै हुन्छ । म आशावादी छु ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।