चैत्र ८, २०८२ आइतबार | ००:२५:३५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

निर्धारित मितिमै राष्ट्रिय खेलकुद हुनेमा संज्याल आशावादी

सुर्खेतमा निर्माणाधिन कर्णाली र‌गशालामा सदस्यसचिव स‌ज्याल

काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वामित्र संज्यालले निर्धारित मितिमै १०औं वृहत राष्ट्रिय खेलकुद आयोजनाका लागि आफूहरु पूर्ण रुपमा तयार रहेको बताएका छन् ।

दुई वर्षअघि पोखरामा नवौं राष्ट्रिय खेलकुद समापनको अवसरमा १०औं संस्करणको आयोजकका रुपमा कर्णालीको घोषणा हुँदा नै यही २०८१ मंसिर २ देखि ९ गतेसम्म नेपाली घरेलु खेलकुदको सबभन्दा ठूलो मेला आयोजना गर्न मिति तय भएको थियो ।

तर राष्ट्रिय राजनीतिमा आएको अर्को मोडका कारण नयाँ गठबन्धन सरकार बनेपछि राष्ट्रिय खेलकुद समयमै नहुने आशंका पैदा भएको थियो । राष्ट्रिय खेलकुद आयोजनाको तयारी निरिक्षण गर्न मंगलबार सुर्खेत पुगेका नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधार निर्माणको प्रगति विवरण सन्तोषजनक नभएको भन्दै निर्धारित मितिमा गर्न सकिनेमा आशंका व्यक्त गरेका थिए ।

मन्त्री चौधरीले सो क्रममा निर्माण व्यावसायीलाई दुई सिफ्टमा काम गर्न निर्देशन दिएका थिए । उनले भौतिक पूर्वाधार निर्माणको कामले आगामी दिनमा लिने गति र त्यसको प्रगति विवरण हेरेपछि मात्र नयाँ मिति तय गर्न सकिने बताए ।

तर कर्णाली प्रदेश खेलुकद विकास परिषदका सदस्यसचिव संज्यालले भने पूर्वाधार निर्माणको काम तीब्र गतिमा भइरहेको र असोजको अन्त्यसम्ममा मुख्य रंगशाला नै तयार भइसक्ने दाबी गरे ।

सुर्खेतमा निर्माणाधिन कर्णाली र‌गशाला

‘हामी आफ्नो तर्फबाट समयमै राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि सम्पूर्ण रुपमा तयार छौं । हाम्रा खेलाडीहरु पनि निरन्तर अभ्यासमा छन् । पूर्वाधार वा अन्य तयारीका कारण राष्ट्रिय खेलकुद रोकिन्न । अरु कुनै कारणले रोकिए हामीले केही भन्न सक्दैनौं,’ खेलाडी डटकमसँग कुरा गर्दै सदस्यसचिव संज्यालले भने, ‘सरकारको तत्परता चाँही उत्साहजनक छैन । ९० दिन मात्र बाँकी हुँदा  पनि सरकारले कुनै तयारी अगाडि बढाएको छैन । समयमै भएन भने सरकारी ढिलासुस्तीका कारण मात्र हुँदैन ।’

राष्ट्रिय खेलकुद सुरु हुन तीन महिनामात्र बाँकी रहँदा समेत सरकारले खरिद प्रक्रिया अगाडि नबढाएको कारण समस्या पर्न सक्ने उनले बताए । राष्ट्रिय खेलकुद निर्देशिका र खरिद प्रक्रियाको विषयमा मन्त्रीपरिषदले निर्णय गर्नुपर्ने र त्यो निर्णय भइसकेपछि पनि निक्कै लामो प्रक्रिया हुने भएकाले निर्धारित समयमा गर्न कठिन हुन सक्ने संज्यालले बुझेका छन् ।

भन्छन्, ‘पूर्वाधारको काम समयमै सम्पन्न गर्न हाम्रो इन्जिनियरिङ टिम तयार छ । त्यहीअनुसार कामदार पनि भर्ति गरिएको छ । समयमै भौतिक पूर्वाधार तयार हुनेमा हामी ढुक्क छौं । सरकारले पनि त्यहीअनुसार तयारी अगाडि बढाए समयमै हुन्छ । म आशावादी छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो