माघ १७, २०८२ शनिबार | ०६:२४:३१
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

नेपाल टि २० लिगकाे विषयमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप

काठमाडौं । अदालले  केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) लाई   नेपाल टी २० क्रिकेट लिग खेल मिलेमतोको विषयमा छानबिन गर्न पाँच दिन थप गरेको छ ।

सोमबार मात्र खेल मिलेमतोमा संग्लग्न रहेको आरोपमा सिआइबीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउन्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

महबुबले प्रतियोगिता दौरान आदिलाई एउटा नो बल र एउटा बाइड बल फाल्न प्रस्ताव गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोही प्रकृतिको भुमिका निभाएको  बताएको छ ।  

आदिलले जनकपुर रोयल्सबाट नेपाल टी २० लिग खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन्  ।

खेलका दौरान स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै सिआइबीले अनुधान गरिहेको छ ।  खेल मिलेमतो तथा स्पट फिक्सिङमा एक विदेशीसहित १० खेलाडी संलग्न रहेको आशंका रहेकाे र त्याे विषयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । 

खेलाडीलाई ६ देखि १० लाख रुपैयाँ सम्मको प्रस्ताव गरिएको सिबिआइले जनाएको छ । उनीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो ।

यसअघि सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिका समेत शंकास्पद रहेको देखाएको थियो ।

पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्विकार गरेपछि विवादित नेपाल टी २० लिग थप विवादमा तानिएको थियो ।

सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरुले यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको जनाएका थिए ।

मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहिताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै  फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानुनी व्यवस्था छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।