चैत्र १८, २०८२ बुधबार | १३:३७:१९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपाल टि २० लिगकाे विषयमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप

काठमाडौं । अदालले  केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) लाई   नेपाल टी २० क्रिकेट लिग खेल मिलेमतोको विषयमा छानबिन गर्न पाँच दिन थप गरेको छ ।

सोमबार मात्र खेल मिलेमतोमा संग्लग्न रहेको आरोपमा सिआइबीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउन्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

महबुबले प्रतियोगिता दौरान आदिलाई एउटा नो बल र एउटा बाइड बल फाल्न प्रस्ताव गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोही प्रकृतिको भुमिका निभाएको  बताएको छ ।  

आदिलले जनकपुर रोयल्सबाट नेपाल टी २० लिग खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन्  ।

खेलका दौरान स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै सिआइबीले अनुधान गरिहेको छ ।  खेल मिलेमतो तथा स्पट फिक्सिङमा एक विदेशीसहित १० खेलाडी संलग्न रहेको आशंका रहेकाे र त्याे विषयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । 

खेलाडीलाई ६ देखि १० लाख रुपैयाँ सम्मको प्रस्ताव गरिएको सिबिआइले जनाएको छ । उनीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो ।

यसअघि सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिका समेत शंकास्पद रहेको देखाएको थियो ।

पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्विकार गरेपछि विवादित नेपाल टी २० लिग थप विवादमा तानिएको थियो ।

सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरुले यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको जनाएका थिए ।

मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहिताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै  फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानुनी व्यवस्था छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो