माघ ८, २०८२ बिहीबार | १८:०८:५७
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित

गण्डकीको पहिलो जित

फाइल फोटो ।

काठमाडाैं । गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको  छ । 

गण्डकीले आज सम्पन्न खेलमा कर्णाली प्रदेशलाई एक सय नौं रनले पराजित गर्यो । 

मुलपानी क्रिकेट मैदानमा जितका लागि दुई सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा एक सय २५ रनमै समेटियो । कर्णालीका लागि सुवास ऐेरले सर्वाधिक ३२ रनको योगदान दिए ।

त्यसैगरी कप्तान विपिन रावलले १९, मनिष थापाले १८ र युनिश सिंहले १२ रन जोडे ।

गण्डकीका सुवास भण्डारीले ६, सिब्रिन श्रेष्ठले तीन र नृतेश गिरीले एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रनको योगफल तयार पारेको थियो । 

गण्डकीका लागि गोविन्द विकले ८७ बलमा सात चौका र एक छक्कामद्दतमा सर्वाधिक ५५ रनको योगदान दिए ।

त्यसैगरी ५० रन बनाएका अर्जुन कुमालले एक सय ६ बलमा तीन चौका प्रहार गरे । दीपक डुम्रेले ४४,सिब्रिन श्रेष्ठले २६,कप्तान सुवास भण्डारीले अविजि २१ र किरण पंगेनीले १० रन जोडे ।

कर्णालीका लागि आवास शाहले तीन, मोहन विकले दुई तथा विनित खत्रीले एक विकेट लिए ।

यो जितसँगै गण्डकीले पाँच खेलमा दुई अंक जोड्दा पराजित कर्णालीको पनि समान खेलबाट दुई अंक नै छ ।  पाँचौ र छैटौं स्थानमा रहेका दुवै टोलीको फाइनल सम्भावना भने समाप्त भइसकेको छ । 

पाँच खेलमा १० अंक जोडेको शीर्ष स्थानको सुदुरपश्चिम प्रदेश यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । दोस्रो स्थानको  बागमती र तेस्रो स्थानको लुम्बिनीको समान आठ अंक छ ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate