माघ ८, २०८२ बिहीबार | १४:२५:२२
चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २ रनको दूर्भाग्यजनक हार बेहोरेको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको मध्यम लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र १३८ रन जोड्न सक्यो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रनको आवश्यक थियो । क्रिजमा थिए अनुभवी खेलाडीद्धय रवीना क्षेत्री र सीता रानामगर । तर, यी दुईले स्कोरबोर्डमा १० मात्र १० रन जोड्न सके ।

यो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना कठिन मोडमा पुगेको छ । सुपर सिक्समा पुग्न अब नेपालले बाँकी दुई खेल जित्नुपर्ने छ नै । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

नेपाललाई हराएसँगै नेदरल्यान्ड्सले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ । डच टोलीको यो लगातार तेस्रो जित हो । यसअघि नेदरल्यान्ड्सले जिम्बाब्वे र स्कटल्यान्डको चुनौती पन्छाएको थियो । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग हार बेहोरेको थियो ।

नेदरल्यान्ड्सविरुद्ध रुवीनाले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोड्नि । त्यस्तै तल्लो क्रमका सीता रानामगरले १२ बलमा चार चौका र एक छक्कासहित २७ रनको पारी खेलिन् । यसबाहेक ओपनरहरु– विन्दु रावलले १८ र सम्झना खड्काले १४ रन बनाए । यसैगरी कविता जोशीले १३ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मध्यक्रममा राम्रो पार्टनरसिप नबन्नु नेपालको हारको प्रमुख कारण थियो । २२ रनमा पहिलो विकेट गुमाएको नेपालले थप ४० रनमा अर्को चार विकेट गुमायो । त्यसपछि रुवीनाले पारीलाई उकासेकी थिइन् । १७औं ओभरको दोस्रो बलमा कवीता कुंवरको विकेटपछि सीता क्रिजमा आएकी थिइन् । सीताले रुवीनासँग मिलेर पारीलाई उकासिन् । तर, जित भने दिलाउन सकिनन् ।

डच टोलीका लागि इसाबेल भान डर वनिङले सर्वाधिक तीन विकेट लिइन् । यसैगरी सिल्भर सिगर्स, रोविन रिके र क्यारोलिन डी लेन्जले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा १४० रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडले ४९ रनको पारी खेलिन् । त्यस्तै स्टेयर कालीसले ३० रन जोड्दा रोविन रिके १९ रनमा अविजित रहिन् । यसबाहेक आइरिस ज्विलिङले १४ र हिथर सिगेर्सले १३ रनको योगदान गरे । ज्विलिङ पनि अन्तिम बलसम्म टिकिन् ।

नेपालका लागि रुवीना क्षेत्रीले दुई तथा सुमन विष्ट, पूजा महतो र रिया शर्मा समान एक विकेट लिए ।

नेपालले आफ्नो तेस्रो खेलमा शनिबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । त्यस खेलमा पराजित भए नेपाल पहिलो चरणबाटै बाहिरिनेछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate