फाल्गुन १, २०८२ शुक्रबार | ०९:४०:२७
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २ रनको दूर्भाग्यजनक हार बेहोरेको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको मध्यम लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र १३८ रन जोड्न सक्यो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रनको आवश्यक थियो । क्रिजमा थिए अनुभवी खेलाडीद्धय रवीना क्षेत्री र सीता रानामगर । तर, यी दुईले स्कोरबोर्डमा १० मात्र १० रन जोड्न सके ।

यो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना कठिन मोडमा पुगेको छ । सुपर सिक्समा पुग्न अब नेपालले बाँकी दुई खेल जित्नुपर्ने छ नै । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

नेपाललाई हराएसँगै नेदरल्यान्ड्सले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ । डच टोलीको यो लगातार तेस्रो जित हो । यसअघि नेदरल्यान्ड्सले जिम्बाब्वे र स्कटल्यान्डको चुनौती पन्छाएको थियो । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग हार बेहोरेको थियो ।

नेदरल्यान्ड्सविरुद्ध रुवीनाले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोड्नि । त्यस्तै तल्लो क्रमका सीता रानामगरले १२ बलमा चार चौका र एक छक्कासहित २७ रनको पारी खेलिन् । यसबाहेक ओपनरहरु– विन्दु रावलले १८ र सम्झना खड्काले १४ रन बनाए । यसैगरी कविता जोशीले १३ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मध्यक्रममा राम्रो पार्टनरसिप नबन्नु नेपालको हारको प्रमुख कारण थियो । २२ रनमा पहिलो विकेट गुमाएको नेपालले थप ४० रनमा अर्को चार विकेट गुमायो । त्यसपछि रुवीनाले पारीलाई उकासेकी थिइन् । १७औं ओभरको दोस्रो बलमा कवीता कुंवरको विकेटपछि सीता क्रिजमा आएकी थिइन् । सीताले रुवीनासँग मिलेर पारीलाई उकासिन् । तर, जित भने दिलाउन सकिनन् ।

डच टोलीका लागि इसाबेल भान डर वनिङले सर्वाधिक तीन विकेट लिइन् । यसैगरी सिल्भर सिगर्स, रोविन रिके र क्यारोलिन डी लेन्जले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा १४० रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडले ४९ रनको पारी खेलिन् । त्यस्तै स्टेयर कालीसले ३० रन जोड्दा रोविन रिके १९ रनमा अविजित रहिन् । यसबाहेक आइरिस ज्विलिङले १४ र हिथर सिगेर्सले १३ रनको योगदान गरे । ज्विलिङ पनि अन्तिम बलसम्म टिकिन् ।

नेपालका लागि रुवीना क्षेत्रीले दुई तथा सुमन विष्ट, पूजा महतो र रिया शर्मा समान एक विकेट लिए ।

नेपालले आफ्नो तेस्रो खेलमा शनिबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । त्यस खेलमा पराजित भए नेपाल पहिलो चरणबाटै बाहिरिनेछ ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026