माघ ८, २०८२ बिहीबार | १०:०५:२२
नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान

अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो

काठमाडौं । युवा ओपनर अभिषेक शर्मा चम्किएपछि भारतले पाँच खेलको ट्वान्टी २० शृंखलामा विजयी सुरुवात गरेको छ । पहिलो ट्वान्टी २० खेलमा न्युजिल्यान्डलाई ४८ रनले हराएपछि भारतले शृंखलामा १–० को अग्रता बनायो ।

टस हारेर ब्याटिङ गरेको भारतको लागि प्लेयर अफ दि म्याच अभिषेकले ३५ बलमा ८४ रनको योगदान गरेका थिए । उनले दुई क्याच पनि लिए ।

भारतले ७ विकेट गुमाउँदै दुई सय ३९ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्यान्डले सात विकेट गुमाउँदा मात्र एक सय ९० रन बनायो ।

अभिषेकले ३५ बलमा पाँच चौका र ८ छक्कासहित सर्वाधिक ८४ रन बनाए । रिन्कु सिंहले २० बलमा अविजित ४४ रन बनाए । अभिषेकले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । सुर्यकुमारले ३२ रन जोडे ।

न्युजिल्यान्डका ज्याकब डुफी र काइले जेमिन्सनले समान २ विकेट लिएका थिए ।

जवाफमा न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ७८ रन जोडे । उनले ४० बलमा चार चौका र ६ छक्का हिर्काएका थिए । कार्म चापम्यानले ३९ रनको योगदान गरे ।

भारतका वरुण चक्रवर्ती र शिभम दुबेले समान दुई विकेट लिएका थिए ।

अब, दोस्रो खेल शुक्रबार राइपुरमा आयोजना हुनेछ । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate