काठमाडौं । नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्सले आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर ६ मा प्रवेश गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाललाई हराउँदै समूह बी मा नेदरल्यान्ड्सले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेपको छ । यो जितले टोलीको सुपर सिक्सको बाटो खुल्यो । लगातार दोस्रो खेलमा पराजित नेपालको भने सम्भावना निकै कमजोर बनेको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सले पाँच विकेट गुमाउँदै १४१ रनको लक्ष्य दियो । जवाफमा नेपालले २० ओभरमा एक सय ३८ रन बनाएको हो ।
नेपालको लागि पूर्व कप्तान रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । सिता राना मगरले अविजिता २७ रनको योगदान गरिन् ।
यसअघि पहिलो इनिङ्समा नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन जोडिन् ।
नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले दुई लिएकी थिइन् ।
