माघ १५, २०८२ बिहीबार | ०७:१३:१९
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

आसिफ र ज्ञानेन्द्रको शतकीय साझेदारीमा नेपाललाई शृंखला

काठमाडौं । ओपनर आसिफ शेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेसँगै नेपालले तेस्रो एक दिवसीय खेलमा युएईलाई ६ विकेटले निराश पार्दै तीन खेलको शृंखला २–१ ले जितेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको एक सय ७७ रनको लक्ष्य नेपालले ओभरमा मात्र चार  विकेटको क्षतीमा पूरा गरेको थियो ।  कप्तान रोहित पौडेललको नेतृत्वमा नेपालले खेलेको यो पहिलो शृंखला थियो ।

२४ रन जोड्दा ओपनर अर्जुन साउदलाई गुमाएको नेपाललाई आसिफ शेख र पूर्वकप्तान ज्ञानेन्दले दोस्रो विकेटका लागि एक सय २२ रनको साझेदारीसहित सहज जितको आधार खडा गरेका थिए । 
आसिफले एक सय १९ बलमा १२ चौका मद्दतमा अविजित ८८ रन जोडे भने ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का मद्दतमा ६३ रन जोडे ।

युएईका आयान अफ्जल खान र हर्जत बिलालले समान एक विकेट लिए । 

पहिलो एक दिवसीय खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित निकाल्दै तीन एक दिवसीय खेलको शृंखला ११ को बराबरीमा ल्याएको थियो । 
यसअघि  टस हारेर ब्याटिङका लागि आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतीमा एक सय ७६ रनको योगफल खडा गरेको थियो ।

९३–९ को स्थितीमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।

खानले ६३ बला सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे ।  त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।