चैत्र ८, २०८२ आइतबार | ००:४७:०९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आसिफ र ज्ञानेन्द्रको शतकीय साझेदारीमा नेपाललाई शृंखला

काठमाडौं । ओपनर आसिफ शेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेसँगै नेपालले तेस्रो एक दिवसीय खेलमा युएईलाई ६ विकेटले निराश पार्दै तीन खेलको शृंखला २–१ ले जितेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको एक सय ७७ रनको लक्ष्य नेपालले ओभरमा मात्र चार  विकेटको क्षतीमा पूरा गरेको थियो ।  कप्तान रोहित पौडेललको नेतृत्वमा नेपालले खेलेको यो पहिलो शृंखला थियो ।

२४ रन जोड्दा ओपनर अर्जुन साउदलाई गुमाएको नेपाललाई आसिफ शेख र पूर्वकप्तान ज्ञानेन्दले दोस्रो विकेटका लागि एक सय २२ रनको साझेदारीसहित सहज जितको आधार खडा गरेका थिए । 
आसिफले एक सय १९ बलमा १२ चौका मद्दतमा अविजित ८८ रन जोडे भने ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का मद्दतमा ६३ रन जोडे ।

युएईका आयान अफ्जल खान र हर्जत बिलालले समान एक विकेट लिए । 

पहिलो एक दिवसीय खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित निकाल्दै तीन एक दिवसीय खेलको शृंखला ११ को बराबरीमा ल्याएको थियो । 
यसअघि  टस हारेर ब्याटिङका लागि आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतीमा एक सय ७६ रनको योगफल खडा गरेको थियो ।

९३–९ को स्थितीमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।

खानले ६३ बला सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे ।  त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो