चैत्र ८, २०८२ आइतबार | ०५:१८:०५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पाकिस्तानको ब्याटिङमा समस्या छः छनोट प्रमूख वासिम

काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रियमा पाकिस्तानभन्दा अन्य शीर्ष टोलीहरु ब्याटिङको दृष्टीले एक कदम अगाडि रहेको पाकिस्तानी मुख्य छनोटकर्ता मोहम्मद वासिमले बताएका छन् ।

आसन्न पुरुष ट्वान्टी २० विश्वकपमा ठूलो स्कोर बनाउन मध्यपंक्तिबाट ओपनरद्धय मोहम्मद रिजवान र बाबर आजमले भरोसा प्राप्त गर्नुपर्ने पनि उनले विचार राखेका छन् ।

‘हामी सधै आफूले खेल्ने क्रिकेटको ब्राण्ड र ट्वान्टी २० मा अपनाउनुपर्ने आधुनिक तरिकाको विषयमा कुरा गर्ने गर्छौ,’ वासिमले भने, ‘पक्कै पनि इङ्ल्यान्ड र अरु केही टिमहरुले हामीभन्दा आधुनिक र सही तरिकाको क्रिकेट खेलिरहेका छन् । उनीहरुको जस्तै तरिकामा आफूलाई पूर्ण रुपमा ढाल्न हामीलाई पक्कै पनि समय लाग्छ । त्यसका लागि केही खेलाडीहरु पूर्ण रुपमा तयार हुनुपर्छ ।’

पाकिस्तानलाई जितको बाटोमा अघि बढ्नका लागि चाँही मध्यपंक्तिको प्रदर्शनमा सुधार आउनु जरुरी रहेको उनले बताए । मध्यपंक्तिले राम्रो स्कोर गर्न थालेको अवस्थामा ओपनरहरुले थप खुलेर खेल्न सक्ने र त्यसले समग्रमा टिमको योगफल ठूलो बन्ने उनको विश्वास छ ।

‘पछिल्लो समयमा हामीले सही बाटो समाइरहेका छौं । गत वर्षको ट्वान्टी २० विश्वकप हाम्रा लागि राम्रो रहयो । घरेलु शृंखलामा पनि नतिजा राम्रो भयो । हाम्रो सफलताको मात्रा बढेको छ । त्यसैले हामीले अबको दिनमा ब्याटिङमा आफ्नो अप्रोच बदल्नुपर्छ,’ उनले थपे ।

ब्याटिङको भार अधिकांश समय रिजवान, बाबर र फखर जमान गरि तीन शीर्ष ब्याटरहरुले मात्र लिनुपर्ने अवस्थाका कारण कप्तान र प्रशिक्षकलाई रणनीति बनाउन अप्ठोरो पर्ने गरेको उनको बुझाई छ । विश्वका सबै टिमसँग जित्ने आत्मविश्वाससहित मैदान उत्रिनका लागि मध्यपंक्तिबाट ब्याटरहरुले निर्धक्क रुपमा खेल्न सक्नुपर्ने वासिमले बताए ।

वासिमले ब्याटिङमा रहेको त्यही समस्यालाई सम्बोधन गर्दै आफूले आसन्न विश्वकपका लागि टिम छानेको बताएका छन् । मध्यपंक्ति र तल्लो क्रमका ब्याटरबाट एकरुपको योगदान अपेक्षा गरिउको बताउँदै उनले पाकिस्तान आसन्न विश्वकपको मुख्य दाबेदार मध्ये एक भएको दाबी पनि गरे ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो