माघ १६, २०८२ शुक्रबार | १४:०२:५६
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

पाकिस्तानको ब्याटिङमा समस्या छः छनोट प्रमूख वासिम

काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रियमा पाकिस्तानभन्दा अन्य शीर्ष टोलीहरु ब्याटिङको दृष्टीले एक कदम अगाडि रहेको पाकिस्तानी मुख्य छनोटकर्ता मोहम्मद वासिमले बताएका छन् ।

आसन्न पुरुष ट्वान्टी २० विश्वकपमा ठूलो स्कोर बनाउन मध्यपंक्तिबाट ओपनरद्धय मोहम्मद रिजवान र बाबर आजमले भरोसा प्राप्त गर्नुपर्ने पनि उनले विचार राखेका छन् ।

‘हामी सधै आफूले खेल्ने क्रिकेटको ब्राण्ड र ट्वान्टी २० मा अपनाउनुपर्ने आधुनिक तरिकाको विषयमा कुरा गर्ने गर्छौ,’ वासिमले भने, ‘पक्कै पनि इङ्ल्यान्ड र अरु केही टिमहरुले हामीभन्दा आधुनिक र सही तरिकाको क्रिकेट खेलिरहेका छन् । उनीहरुको जस्तै तरिकामा आफूलाई पूर्ण रुपमा ढाल्न हामीलाई पक्कै पनि समय लाग्छ । त्यसका लागि केही खेलाडीहरु पूर्ण रुपमा तयार हुनुपर्छ ।’

पाकिस्तानलाई जितको बाटोमा अघि बढ्नका लागि चाँही मध्यपंक्तिको प्रदर्शनमा सुधार आउनु जरुरी रहेको उनले बताए । मध्यपंक्तिले राम्रो स्कोर गर्न थालेको अवस्थामा ओपनरहरुले थप खुलेर खेल्न सक्ने र त्यसले समग्रमा टिमको योगफल ठूलो बन्ने उनको विश्वास छ ।

‘पछिल्लो समयमा हामीले सही बाटो समाइरहेका छौं । गत वर्षको ट्वान्टी २० विश्वकप हाम्रा लागि राम्रो रहयो । घरेलु शृंखलामा पनि नतिजा राम्रो भयो । हाम्रो सफलताको मात्रा बढेको छ । त्यसैले हामीले अबको दिनमा ब्याटिङमा आफ्नो अप्रोच बदल्नुपर्छ,’ उनले थपे ।

ब्याटिङको भार अधिकांश समय रिजवान, बाबर र फखर जमान गरि तीन शीर्ष ब्याटरहरुले मात्र लिनुपर्ने अवस्थाका कारण कप्तान र प्रशिक्षकलाई रणनीति बनाउन अप्ठोरो पर्ने गरेको उनको बुझाई छ । विश्वका सबै टिमसँग जित्ने आत्मविश्वाससहित मैदान उत्रिनका लागि मध्यपंक्तिबाट ब्याटरहरुले निर्धक्क रुपमा खेल्न सक्नुपर्ने वासिमले बताए ।

वासिमले ब्याटिङमा रहेको त्यही समस्यालाई सम्बोधन गर्दै आफूले आसन्न विश्वकपका लागि टिम छानेको बताएका छन् । मध्यपंक्ति र तल्लो क्रमका ब्याटरबाट एकरुपको योगदान अपेक्षा गरिउको बताउँदै उनले पाकिस्तान आसन्न विश्वकपको मुख्य दाबेदार मध्ये एक भएको दाबी पनि गरे ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।