चैत्र ६, २०८२ शुक्रबार | १६:५६:३७
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

दिप्तीको विवादास्पद रनआउटले क्रिकेट समर्थक दुई भागमा विभाजित

काठमाडौं । भारत र इङ्ल्यान्डबीच शनिबार सम्पन्न तेस्रो एकदिवसीय खेलमा भएको एक रनआउटले अहिले विश्व क्रिकेटका समर्थक दुई भागमा बाडिएका छन् ।

एक सय ७० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले एक सय ५३ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । तर, ४४औं ओभर बलिङ गर्न आएकी भारतीय बलर दिप्ती शर्माले ओभरको तेस्रो बलमा नन स्ट्राइकमा रहेकी इङ्लिस ब्याटर चार्ली डिनलाई चतुर्याइपूर्वक आउट गरिन । दिप्तीले बल फ्याक्नुअघि नै डिन रनका लागि बलिङ लाइन बाहिर गएपछि दिप्तीले बल नफ्याकी डिनलाई स्टम्फआउट गरिन् ।

यसपछि इङ्ल्यान्ड १६ रनले पराजित भयो र शृंखला भारतले ३-० ले जित्यो । शृंखला जिते पनि यो रनआउटका कारण समर्थकहरु दिप्तीको आलोचना गर्ने र समर्थन गर्ने गरी दुई भागमा विभाजित भएका छन् ।

जसमा खेल भावना ठूलो कि नियम भन्ने विषय बहसमा छ । विश्व क्रिकेटका समर्थकहरु भारतले शृंखला एक खेल अगावै जितिसकेको अवस्थामा दिप्ती खेल भावनाविपरित काम गरेको भन्दै आलोचनामा उत्रिँदा भारतीय समर्थक भने दिप्तीले नियमअनुसार आउट गरेको भन्दै यसमा केही गलत नरहेको दाबी गरिरहेका छन् ।

इङ्ल्यान्डमै भएको शृंखलामा भारतले पहिलो खेल सात विकेटले र दोस्रो खेल ८८ रनले जितेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो