फाल्गुन १, २०८२ शुक्रबार | १०:१९:४४
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको छ ।

आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य थाइल्यान्डले १६.५ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

थाइल्यान्डका लागि ओपनर नथाकन चन्थामले ३९ बलमा ९ चौका र एक छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै उनका ओपनिङ जोडी अफिसरा सुवानचोनराथीले २८ रनको योगदान गरिन् । तेस्रो नम्बरका नन्नापात कोनचारोयकाईले ३२ रन बनाइन् ।

स्कोरबोर्डमा ६६ रन हुँदा अनुभवी खेलाडी सीता रानामगरले नेपाललाई ब्रेक थ्रु दिलाएकी थिइन् । दोस्रो विकेट पनि सीताले नै लिइन् । १६औं ओभरको तस्रो ओभरमा उनले विकेटकिपर नन्नापातलाई एलबिडब्लुको शिकार बनाइन् । यसअघि १०औं ओभरको पहिलो बलमा सीताले ओपनर अफिसरा सुवानचोनराथीलाई बोल्ड गरेकी थिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि ओपनर विन्दु रावलले ५६ बलमा ६ चौकासहित ४४ रनको पारी खेले । उनका ओपनिङ जोडी सम्झना खड्काले पनि ६ चौकासहित २६ रनको योगदान गरिन् । सम्झनाले ११ बलको सामना गरिन् ।
त्यस्तै सातौं नम्बरमा आएकी रुवीनाले १७ रन जोड्दा उप–कप्तान पुजा महतोले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिए । त्यस्तै  ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले समान एक विकेट लिए ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026