माघ ४, २०८२ आइतबार | १३:३१:२७
पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै

पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको छ ।

आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य थाइल्यान्डले १६.५ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

थाइल्यान्डका लागि ओपनर नथाकन चन्थामले ३९ बलमा ९ चौका र एक छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै उनका ओपनिङ जोडी अफिसरा सुवानचोनराथीले २८ रनको योगदान गरिन् । तेस्रो नम्बरका नन्नापात कोनचारोयकाईले ३२ रन बनाइन् ।

स्कोरबोर्डमा ६६ रन हुँदा अनुभवी खेलाडी सीता रानामगरले नेपाललाई ब्रेक थ्रु दिलाएकी थिइन् । दोस्रो विकेट पनि सीताले नै लिइन् । १६औं ओभरको तस्रो ओभरमा उनले विकेटकिपर नन्नापातलाई एलबिडब्लुको शिकार बनाइन् । यसअघि १०औं ओभरको पहिलो बलमा सीताले ओपनर अफिसरा सुवानचोनराथीलाई बोल्ड गरेकी थिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि ओपनर विन्दु रावलले ५६ बलमा ६ चौकासहित ४४ रनको पारी खेले । उनका ओपनिङ जोडी सम्झना खड्काले पनि ६ चौकासहित २६ रनको योगदान गरिन् । सम्झनाले ११ बलको सामना गरिन् ।
त्यस्तै सातौं नम्बरमा आएकी रुवीनाले १७ रन जोड्दा उप–कप्तान पुजा महतोले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिए । त्यस्तै  ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले समान एक विकेट लिए ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate