चैत्र १८, २०८२ बुधबार | १३:०९:४०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

बेयरस्टो र स्टोक्सबारे केही दिनपछि मात्र अन्तिम निर्णय लिन्छौः जो रुट

सिड्नी । इङ्ल्यान्डका कप्तान जो रुटले एसेस टेस्ट शृंखलाअन्तर्गत पाँचौ खेलका लागि बेन स्टोक्स र जानी बेयरस्टोलाई टोलीमा राख्ने वा नराख्ने बारे केही दिनपछि मात्र निर्णयमा पुग्ने बताएका छन् ।

रुटले प्रतिष्ठाका लागि भएपनि पाँचौ टेस्ट जित्नुका विकल्प नभएको भन्दै पहिलो बलबाटै अब्बल प्रदर्शन गर्नु पर्ने समेत बताए ।

सुरुआती तीन खेल जित्दै अस्ट्रेलियाले एसेस टेस्ट शृंखला ३-० ले आफ्नो पक्षमा पारिसकेको छ। तल्लो क्रमका ब्याटरले सम्हालिएको प्रदर्शन गरेसँगै इङ्ल्यान्डले चौथो टेस्ट बराबरीमा टुङग्याएको थियो । 

चौथो टेस्टको पहिलो इनिङमा बेयरस्टोले शतक प्रहार गरेका थिए । रुटले बेयरस्टो र स्टोक्सका बारेमा सोेच्न दुई दिनका समय रहेकाले हतारमा निर्णय नलिने बताए ।

‘हामीसँग अझै दुई दिन बाँकी छ, त्यसैले उनीहरका बारेमा पनि दुई दिनपछि नै निर्णय लिइनेछ,’ रुटले भने, ‘दुवै जना टोलीका महत्वपूर्ण खेलाडी हुन् । हामी चिकित्सकसँग पनि स्टोक्स र बेयरस्टोको स्वास्थ अवस्थाका बारेमा उचित सल्लाह लिनेछौ । हामी जसरी पनि यो खेल जित्न चाहन्छौ । त्यसैले खेल जित्न कठिन निर्णय पनि लिन सक्छौ ।’

पाँचौ तथा अन्तिम टेस्ट शुक्रबारदेखि होबर्टमा सुरु हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो