माघ ३, २०८२ शनिबार | १४:२२:१८
कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो

कोशी प्राइड लिगको अक्सन आज हुँदै

काठमाडौं । कोशी प्राइड प्रा।लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन आज ९शनिबार० हुँदैछ ।

विभिन्न सात फ्रेन्चाइज टिम सहभागी हुने प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुनेछ । अक्सनमा २३२ खेलाडी रहेका छन् । जसमा क्याटगोर ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका छन् ।

आयोजक कोशी प्राइड प्रा।लीकाअनुसार अक्सनमा क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ ।

प्रतियोगिताको लागि एक टोलीमा १८ खेलाडी राख्नै पर्ने नियम रहेको छ । जसमा एक मार्की, एक आइकोनिक, तीन जना ड्राफ ९जो राष्ट्रिय टिमका हुनेछन्०, क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का चार खेलाडी रहनेछन् ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

केपिएलका निर्देशक अफजल हुसैनका अनुसार प्रतियोगितामा सात टिमहरु नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पुर्वेली सुपर किंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुँदैछन् ।

नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, विर्तामोड हिट्सको मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । त्यस्तै, पुर्वेली सुपर किंग्सको मालिकमा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिंदेल छन् ।

एभरेष्ट थन्डर्सको मालिक आकाश खड्का हुन् । बिएन कोशी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई मालिक रहेका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate