फाल्गुन १, २०८२ शुक्रबार | ०९:०२:२४
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु

काठमाडौं । खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धि जनचेतना प्रवाह गर्ने उद्देश्यले हिजो बुधबार मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु भएको छ ।

मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामको कभर्ड हलमा सम्पन्न कार्यक्रमलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री बसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन् ।

‘वेल्थङ्गरहिल्फे’ र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत महिनाव्यापी स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइ सचेतना प्रवद्र्धनका लागि क्रिकेट खेलको माध्यमबाट किशोरीहरूको सहभागिता र सामाजिक सक्रियता बढाउने उद्देश्यले तयार गरिएको ‘क्रिकेट फर वास’ कार्यक्रममा खेल मार्गदर्शन पुस्तिका समेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले कोभिड-१९ महामारीको समयमा स्वास्थ्य र सरसफाइप्रति क्यान जति सचेत थियो, अहिले त्यसलाई क्रिकेटको माध्यमबाट अझ प्रभावकारी रूपमा जोडिएको उल्लेख गरे । यस पहलले विशेषगरी महिला क्रिकेट र नयाँ खेलाडीहरूलाई मार्गदर्शन गर्ने अवसर प्रदान गरेको भन्दै उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहाले खानेपानी, सरसफाइ र स्वच्छता अभियानमा क्रिकेट खेलमार्फत युवाको सहभागिता प्रवद्र्धन गर्नु सन्देशमूलक र प्रभावकारी रहेको बताए । साथै आगामी दिनमा नेपाल क्रिकेट संघ मातहत प्रदेश तथा जिल्ला संघहरूसँग समन्वय गरी यस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए ।

प्रदेशस्तरीय उद्घाटनसँगै सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा पनि कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरिएको थियो । सो अवसरमा मार्गदर्शन पुस्तिकाको आधारमा किशोरीहरूसँग प्रदर्शनी अभ्यास खेल खेल्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा सबल नेपालले मधेश प्रदेश क्रिकेट संघसँग ५ लाख रुपैयाँ बराबरको सम्झौता समेत गरेको छ । सम्झौतापत्रमा सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झा र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महासेठले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार क्रिकेट फर वास कार्यक्रम प्रवद्र्धन गरिने उल्लेख छ ।

कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान सदस्य एवं एनपीएल गभर्निङ काउन्सिल सदस्य सुदीप शर्मा, क्यान सदस्य तथा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे, पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंह, क्यानको राष्ट्रिय क्रिकेट टिमका छनोटकर्ता सदस्य मुर्तुजा हवारी लगायतको उपस्थिति थियो ।

क्रिकेटको माध्यमबाट मधेशका किशोरीहरूले सामाजिक सचेतनामा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि पारस खड्काले यस अभियानले भविष्यमा राष्ट्रिय क्रिकेट टोलीका लागि सक्षम खेलाडी उत्पादन गर्ने सम्भावना बढाउने बताए ।

कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महतोले यस कार्यक्रमले विशेषगरी महिला क्रिकेट प्रवद्र्धनका लागि प्रदेशस्तरीय गतिविधिहरू समेटिएको उल्लेख गर्दै मधेश प्रदेशमा महिला क्रिकेट खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय स्तरमै उपस्थिति जनाई युवा खेलाडीहरूलाई उत्साह प्रदान गरेकोप्रति सहभागी किशोरी तथा खेलाडीहरूले खुसी र उत्साह व्यक्त गरेका सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झाले बताए ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026