फाल्गुन २०, २०८२ बुधबार | १४:११:०८
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट

काठमाडौं । घरेलु टोली भारत र न्युजिल्यान्डबीचको तीन एकदिवसीय शृंखला आजबाट सुरु हुँदैछ ।

पहिलो खेल वडोदराको कोटाम्बी रंगशालामा नेपालीसमयअुसार पौने २ बजे सुरु हुनेछ । यहाँ पहिलो पटक पुरुषको अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यसअघि फस्र्ट क्लास खेल हुँदै आएको थियो ।

भारत विश्वकपअघि यो शृंखला खेल्न लागेको हो । सन् २०२६ मा भारत र न्युजिल्यान्ड दुबैको यो पहिलो खेल हो ।

पछिल्लो पटक भारत र न्युजिल्यान्डबीच ७ एकदिवसीय खेल भएका छन् । जसमा सबै खेल भारतको पक्षमा छ । त्यसैले पनि यो शृंखलामा भारत नै हाबी हुने अनुमान गरिएको छ ।

हालसम्म भारत र न्युजिल्यान्डबीच १२० एकदिवसीय खेल हुँदा भारतले ६२ तथा न्युजिल्यान्डले ५० खेल जितेका छन् । ७ खेलमा नतिजा निस्केको छैन ।

यो खेलमा प्रशिक्षक गौतम गम्भिरले संन्यासबाट फर्किएका रोहित शर्मा र विराट कोहलीलाई पनि समेटेका छन् । रोहित यही खेलमा कीर्तिमान तोड्ने योजनामा छन् । क्रिस गेलले हानेको ३२८ छक्काको कीर्तिमान तोड्न रोहित मात्र २ छक्काले पछाडि छन् ।

यता, विराट पनि २८ हजार रन नजिक छन् । उनले अहिलेसम्म २७ हजार ९७५ रन प्रहार गरेका छन् । उनी न्युजिल्यान्डविरुद्ध ४२ रन प्रहार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बन्नेछन् । यसअघि कुमार संगाकारले २८ हजार १६ रन बनाएका थिए । सबैभन्दा धेरै सचिन तेन्दुलकरले ३४ हजार ३५७ रन बनाएका छन् ।

भारतको कप्तानी शुभमन गिलले गर्दैछन् । यद्यपि उनी विश्वकपको टोलीमा भने छैनन् । यता, न्युजिल्यान्डको कप्तानी जिम्मेवारी माइकल ब्रेसवेलले पाएका छन् । घाइते भएपछि नियमित कप्तान मिचल सैन्टनर टिम बाहिर छन् । यस्तै, न्युजिल्यान्डले केन विलियम, रचिन रविन्द्र र तिव्रगतिका बलर जैकव डफीको विश्राम दिएको छ ।

भारतको सम्भावित टिमः 
शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रविन्द्र जडेजा, वासिंघटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद सिराज, अर्शदीप सिंह

न्युजिल्यान्डको सम्भावित टिमः 
माइकल ब्रेसवेल (कप्तान) डेभोन कन्वे, विल योंग, हेनरी निकोल्स, डेरिन मिचेल, ग्लेन फिलिप्स, माइकल हे, जेडन लेनोक्स, ज्याक फाल्क्स, केली ज्यामिसन, माइकल रे 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||