काठमाडौं । पछिल्लो राजनीतिक तनावका कारण भारत र बंगलादेशबीचको घोषित शृंखला रद्ध हुने शंका बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) यही कारण टिमलाई बंगलादेश पठाउने योजनामा नरहेको खुल्नमा आएको छ ।
शुक्रबार मात्रै भारत र बंगलादेशबीच ६ खेल हुने तय भएको थियो । सहमतीअनुसार तीन एकदिवसीय र तीन ट्वान्टी २० खेल हुने तय थियो । बंगलादेश क्रिकेट बोर्डले बिसिसिआईसँगको सहकार्यमै मिति घोषणा पनि गरेको थियो । जसअनुसार भारतीय टिम अगष्ट २८ मा बंगलादेश पुग्ने कार्यक्रम छ ।
पछिल्लो ६ महिनामा बंगलादेशको राजनीतिक घटनाक्रम निकै तातेको छ । तत्कालिन प्रधानमन्त्री शेख हसिना सत्ता छोडेर भारत पुगेपनि दुई देशबीचको सम्बन्ध पनि सुमधुर हुन सकेको छैन ।
यही घटनाक्रमपछि आइपिएल टोली कोलकत्ता नाइट राइडर्सले बंगालदेशका तिव्रगतिका बलर मुस्तफिजुर रहमानको टिमबाट निकालेको छ ।
