काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्धको चौथो टेष्ट इङ्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा दुई दिनमै सकिएको खेलमा इङ्ल्यान्ड ४ विकेटले विजयी भयो ।
यद्यपि, यसअघि नै सिरिज अस्ट्रेलियाले जितिसकेको छ । पाँच खेलको सिरिज ३–१ को अवस्थामा पुगेको छ । सुरुका दुई खेलमा अस्ट्रेलिया समान ८ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा पनि घरेलु टोली ८२ रनले विजयी भयो । अब, पाँचौं टेष्ट सिड्नीमा आगामी आइतबार हुनेछ ।
इङ्ल्यान्डले अस्ट्रेलियालाई लगातार १८ खेलपछि हराएको छ । यसअघि इंङ्ल्यान्डले अस्ट्रेलियालाई अन्तिम पटक सन् २०११ सिड्नीमा हराएको थियो । १८ खेल खेल्दा १६ खेल अस्ट्रेलियाको पक्षमा गएको थियो ।
दोस्रो दिन शनिबार अस्ट्रेलियाले खेल जित्न १७५ रनको लक्ष्य दिएको थियो । जसलाई ६ विकेट गुमाएर इङ्ल्यान्डले पूरा ग¥यो । मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया दोस्रो इनिङ्समा एक सय ३२ रन बनाउँदा अल आउट भएको थियो । यसअघि पहिलो इनिङ्समा अस्ट्रेलिया एक सय ५२ रनमै समेटिएको थियो । इङ्ल्यान्डले भने पहिलो इनिङ्समा मात्र १ सय १० रन बनाएको हो ।
