पुस २८, २०८२ मंगलबार | ०५:०३:२१
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबारबाट सुरु भएको एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । समूह ‘बी’ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भयो ।

शनिबार दुबईको दि सेभेन्स रंगशालामा भएको खेलमा नेपालले दिएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले १४.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाको जितमा ओपनर डिमन्था महाभिथनाले ३९ रन बनाए । त्यस्तै कभिजा गमेजले २४ र ओपनर भिरान चमुदीथाले १० रन जोडे ।

नेपालका लागि दयानन्द मन्दलले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८२ रनको योगफल बनायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रन बनाए । त्यस्तै ओपनर साहिल पटेलले १२ र निरज कुमार यादवले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका लागि सेथमिका सेनेभिरान्थेले पाँच विकेट लिए । त्यस्तै रासिथ निम्सारा, भिग्नेस्वरन आकाश, दुल्निथ सिगेरा र चमिका हिनातिगलाले समान एक विकेट लिए ।

नेपालले सोमबार आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||