पुस २८, २०८२ मंगलबार | ०६:०६:२०
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको ‘एजुकेशन पार्टनर’ प्रेसिडेन्सियल ग्राजुएट स्कुलले कूल चौका र छक्काका आधारमा  कफीका विरुवा रोप्ने घोषणा गरेको छ ।

कलेजका अनुसार यो सिजन प्रहार भएका हरेक चौकामा चार र छक्कामा ६ वटा कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो ।

‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,’ कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए ।

रोपाइँका लागि स्थान भने निश्चित गरिएको छैन । उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ ।

कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवद्र्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो । कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एघार सय थरीका बिरुवा रोपेको थियो । त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा विरुवा रोपिने दर कायम गरिएको थियो ।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||