पुस २८, २०८२ मंगलबार | ०५:५०:३८
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी

काठमाडौं । क्विनटन डी कक र ओटनिल बार्टम्यानको उत्कृष्ट प्रदर्शनप्रेरित दक्षिण अफ्रिकाले टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतविरुद्ध ५१ रनको जित दर्ता गरेको छ ।

दक्षिण अफ्रिकको जितसँगै पाँच खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिले खेलमा भारत १०१ रनले विजयी भएको थियो ।

बिहीबार न्यु चन्डिगढस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको भारत १९.१ आोभरमा १६२ रनमा समेटियो ।

भारतका लागि तिलक वर्माले ३४ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी जितेश शर्माले २७, अक्षर पटेलले २१, हार्दिक पाण्डेयाले २० र  अभिषेश शर्माले १७ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि बार्टम्यानले चार तथा लुंगी एनगिडी, मार्को यानसन र लुथो सिपाम्लाले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि डी ककले ४६ बलमा सात छक्का र पाँच चौकासहित सर्वाधिक ९० रनको योगदान गरे । यसैगरी डोनोभान फरेराले अविजित ३०, कप्तान एडेन मार्करमले २९, डेविड मिलरले अविजित २० र डिवाल्ड ब्रेभिस १४ रन बनाए ।

दोस्रो विकेटका लागि डी कक र मार्करमले ८३ तथा पाँचौं विकेटका लागि फरेरा र मिलरले अविजित ५३ रनको साझेदारी गरेका थिए ।

भारतका लागि वरुण चक्रवर्तीले दुई र अक्षर पटेलले एक विकेट लिए । शृंखलाको तेस्रो खेल आइतबार हुनेछ । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||