पुस २८, २०८२ मंगलबार | ०५:५३:३२
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

काठमाडौं । प्रतिस्पर्धात्मक योगफल खडा गर्न नसकेपनि कसिलो बलिङप्रेरित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले क्वालिफायर २ मा विराटनगर किंग्सविरुद्ध ४० रनको रवाफिलो जित हासिल गर्दै शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँगको फाइनल भेट पक्का गर्यो ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य विराटनगरले पछ्याउन सकेन । विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९४ रन जोड्न सक्यो ।

विराटनगरका लागि साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । त्यस्तै नरेन भट्टले २१ र मार्सेन्ट डी ल्याङले १७ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि तिलक भण्डारीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रुवेन ट्रम्पलम्यान, अभिशेष गौतम र योहानस स्मिथले समान दुई विकेट लिए । एक विकेट शेर मल्लको नाममा पनि रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १३४ रनको योगफल खडा गरेको थियो ।

लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३४ र विकेटकिपर ब्याटर निरोशन डिक्वेलाले २९ रन जोडे । ट्रम्पलम्यानले ११ रनको योगदान गरे ।

विराटनगरका लागि सुवास भण्डारी र प्रतीस जिसीले समान तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिए ।

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||