मंसिर २३, २०८२ मंगलबार | ०८:०४:३८
म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै

काठमाडौं । शनिबार सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित हासिल गर्दै विराटनगर किंग्सले क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको थियो । सुदूरपश्चिमले भने त्यसअघि नै क्वालिफायरमा स्थान पक्का गरिसकेको थियो । मंगलबार यिनै दुई टोली फेरि एकपटक आमने-सामने हुँदैछन् । यसपाली प्रतिस्पर्धा, फाइनल प्रवेशका लागि हुनेछ । खेल दिउँसो ४ बजे हुनेछ ।

ओभरसिजन ओपनरद्धय स्याम हेजलेट र फाफ डुप्लेसीको धुँवादार ब्याटिङका कारण विराटनगर सनसनीपूर्ण जितको हकदार बन्यो । क्वालिफायरमा पुग्न विराटनगरलाई १३.५ ओभरभित्र सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउनु पर्ने चुनौती थियो । तर, विराटनगरले यो कठिन चुनौती दुई ओभर अगाडि नै पूरा गर्यो ।

पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका हेजलेट र डुप्लेसी दुबैले अर्धशतकीय पारी खेले । दोस्रो एनपिएल खेल खेलिरहेका डुप्लेसीले पाँच चौका र चार छक्कासहित १९ बलमा ५० रन पूरा गरेका थियो । पछि उनी खेलको ‘प्लेयर अफ दि म्याच’ पनि चुनिए । पावरप्लेमा मात्र विराटनगरले ८७ रन जोडेको थियो ।

‘हामी क्लियर माइन्डसेटका साथ आएका थियौं । हामी प्लेअफ पुगिसकेका थियौं । त्यसैले हामीसँग आक्रमक रुपमा प्रस्तुत हुनुबाहेकको विकल्प थिएन,’ खेलपछि डुप्लेसीले आक्रमक ब्याटिङका बारेमा बताए ।

सुदूरपश्चिमका लागि प्रतियोगितामा यो पहिलो हार थियो । त्यसअघिका ६ खेलमा रवाफिलो जित हासिल गर्दै आएको सुदूरपश्चिमले यस किसिमको हार आत्मसात गर्ला भन्ने कुरा कल्पना बाहिरको कुरा थियो । यसले सुदूरपश्चिमको ‘विनिङ मोमेन्टम’मा असर त पर्दैन ?

मध्यक्रमका ब्याटर आरिफ शेखले विराटनगरविरुद्धको यो हारले टोलीको मोमेन्टममा कुनै असर नपर्ने दाबी गर्छन् ।

‘हामीले आज केही नयाँ खेलाडीलाई पनि मौका दियौं। नयाँ कम्बिनेसन जाँच गर्यौँ । यसले आउने खेलमा हामीलाई सहयोग गर्नेछ । यो नतिजाले क्वालिफायरमा असर पर्दैन । हामी राम्रो तयारीका साथ आउनेछौं,’ आरिफले भने ।

एनपिएलमा यी दुई तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । गत सिजन सुदूरपश्चिमसँग विराटनगर निरीह बनेको थियो । सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरिको अर्धशतकीय पारीप्रेरित १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । पछि अविनाश बोहराको सानदार बलिङमा विराटनगर सस्तैमा अलआउट भयो । विराटनगरवे १६.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९२ रन जोड्न सकेको थियो ।

अहिले यिनै अविनाश सर्वाधिक विकेटकर्ताको दौडमा दोस्रो स्थानमा छन् । अविनाशले १४ खेलाडीलाई पवेलियनको बाटो देखाइसकेका छन् । उनीभन्दा एक विकेट बढी लिएका विपक्षी कप्तान सन्दीप लामिछाने शीर्ष स्थानमा छन् । दुबैलाई मंगलबार आफ्नो संख्यालाई बढाउने अवसर छ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas