काठमाडौं । बिहीबारबाट सुरु भएको ‘सी’ डिभिजन लिग छनोटमा नेपालगन्ज ११ स्पोर्टस क्लब र द भक्तपुर फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।
समूह ‘ए’को खेलमा नेपालगन्ज ११ले पाथिभरा फुटबल क्लबमाथि २–१ को जित हासिल गर्यो । त्यस्तै समूह ‘सी’को खेलमा द भक्तपुरले दुधौली स्पोर्टस क्लबलाई १–० ले हरायो ।
दिनको दोस्रो खेलमा समूह ‘बी’अन्तर्गत हामी दाजुभाई फुटबल क्लब र लिखु भुजे रामेछाप युथ क्लबले २–२ को बराबरी खेल्यो ।
मंसिर २८ गतेसम्म चल्ने प्रतियोगितामा हरेक दिन तीन खेल हुनेछन् ।
सहभागी ३९ टोलीलाई १३ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहको शीर्ष स्थानमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यीमध्ये समूह ‘सी’को विजेता सोझै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । गोला–प्रथामा समूह ‘सी’ भाग्यशाली रहँदा यो अवसर जुरेको हो ।
नकआउट अन्तिममा चार टोली अन्तिम चारमा प्रवेश गर्ने सेट–अप छ । सेमिफाइनल विजेता टोली आगामी ‘सी’ डिभिजन लिगका लागि छनोट हुनेछन् ।
