कार्तिक २९, २०८२ शनिबार | १६:२३:०६
टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने

इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि इङ्लिस ब्यमटर  जेसन रोयलाई अनुबन्ध गरेको छ ।

पोखराले शनिबार सामाजिक सञ्जालमामार्फत रोयलाई अनुबन्ध गरेको जानकारी दियो ।े

उनी पोखरा भित्रिने पाँचौ विदेशी खेलाडी हुन् । टोलीले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशम, इङ्लिस विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको थियो ।

राेयले ६४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा आठ अर्धशतकसहित १ हजार ५२२ रन बनाएका छन् । यसैगरी उनले समग्रगमा ४१२ टी-ट्वान्टी खेल खेल्दा ६ शतक र ६९ अर्धशतसहित १० हजार ५५४ रन प्रहार गरेका छन् ।  

उनीसँग भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, अमेरिका  र युएईको फ्रेन्चाइज लिग खेलेको अनुभव छ  ।

कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश खरेललाई टोलीमै राख्ने निर्णय गरेको छ ।

गत संस्करण सातौं स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई  अुनबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि पोखरासहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । पोखराले मंसिर २ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President