काठमाडौं । नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) का लागि टिम दर्ता प्रक्रिया सुरु भएको छ।
डिजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने टी-१० क्रिकेट प्रतियोगितामा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन वा इमेल मार्फत फारम लिन सक्नेछन् ।
टिम छनोट ब्रिडिङ प्रणालीमार्फत हुने आयोजकले जनाएको छ। साउन १ देखि १५ सम्म खुला रहेको दर्ता प्रक्रियाका लागि ५० हजार रुपैउाँ शुल्क तोकिएको छ ।
टिम दर्ताका कम्पनी नेपालमा दर्ता भएको हुनुपर्ने, कर तिरेको प्रमाणपत्र हुनुपर्ने र खराब रेकर्ड नभएको हुनुपर्ने उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय कम्पनीले फ्रेन्चाइज लिन चाहँदा स्थानीय कम्पनीसँग संयुक्त लगानी गर्नुपर्ने छ ।
प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ ।
सात टिमको सहभागीता रहने प्रतियोगितामा कूल २४ खेल हुनेछ । एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।