असार १८, २०८२ बुधबार | ०६:३०:३६
जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य

सुदूरपश्चिमको सान्त्वना जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगतामा सान्त्वना जित निकालेको छ ।

 सुदूरपश्चिमले शुक्रबार कालिञ्चोक क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई २९ रनले पराजित गर्यो ।

जितसँगै ६ खेलमा ६ अंक जोडेको सुदूरपश्चिमले चौथो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ । पराजित लुम्बिनी समान खेलबाट चार अंकका साथ छैटौं स्थानमा रह्यो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १७.५ ओभरमा ७५ रनमै समेटियो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई २० ओभरमा झारिएको थियो ।

लुम्बिनीका लागि दिव्यान्श वर्माले १९ र सुभम खनालले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि रवि धामीले चार, सुशील रावलले दुई तथा रितेश विष्ट र हिमाल धौलयालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि रविन भण्डारीले २६, कप्तान सचिन भट्टले १६, आयुश चन्दले १३ र सुशील रावलले १० रन बनाए ।

लुम्बिनीका लागि प्रिन्स पालले चार, लक्ष्मण रावल र प्रेमसागर यादवले समान दुई तथा शोएब हसन मुसलमान र दक्क्ष ठुकरले समान एक विकेट लिए । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3