फाल्गुन २५, २०८२ सोमबार | ११:५०:१५
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

आर्मी उपाधि नजिक

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

साबिक विजेता आर्मीले समूह ‘ए’ को  अन्तिम खेलमा सोमबार बागमती प्रदेशलाई पाँच विकेटले पराजित गर्यो ।  

आर्मीले अघिल्लो खेलमा एपिएफलाई पराजित गरेको थियो । यो समूहबाट बागमती र एपिएफ भने बाहिरिएका छन् ।

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले १७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीको लागि निश्चल क्षेत्रीले ४६ र हिमान्शु दत्तले १८ रन बनाए ।बागमतीका लागि दयानन्द मण्डल दुई तथा  तिलकराज भण्डारी र आदिल खानले समान एक विकेट लिए ।

वर्षाले आउटफिल्ड भिजेका कारण ढिला सुरु भएपछि २६ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २४.३ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।  

बागमतीका लागि सचिन लेखकले ३४, प्रतिक श्रेष्ठले १५ र आदील खानले १० रन बनाए ।

आर्मीका लागि नरेन साउदले ६ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी  दुर्गेश गुप्ताले दुई र तुलबहादुर थापा , सुमीत श्रेष्ठ र विशाल सुश्लिंगले समान एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार समुह ‘बी’ अन्तर्गतको खेलहरू सुरु हुनेछन्। मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोलि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||