चैत्र १२, २०८२ बिहीबार | २२:४२:११
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बुधबार एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुलिसले कोशी प्रदेशविरुद्ध १५४ रनको फराकिलो जित निकाल्यो ।

जितसँगै पुलिसले  दुई खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित कोशी अंकविहिन छ । यसअघि पुलिसले लुम्बिनीलाई हराउँदा कोशी लुम्बिनी र मधेश प्रदेशसँग पराजित भएको थियो ।

पुलिसले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमै समेटियो । कोशीका लागि सुजन थपलियाले अविजित ३३, कप्तान अंकित सुवेदीले २१, शकिब हकले १७ र फिरदोस अन्सारीले १० रन बनाए ।

पुलिसका लागि करण केसीले तीन, कुशल भुर्तेल र ललितनाराण राजवंशीले समान दुई तथा सागर ढकाल, गुल्शनकुमार झा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८८ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ७८ बलमा समान दुई चौका र छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी दिलिप नाथले ६४ बलमा चार चौका र एक छक्काको मद्दतले ६१, राशिद खान र अर्जुन साउदले समान ३८, दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शनकुमार झाले २१ रन बनाए ।

कुशलले पहिलो विकेटका लागि अर्जुनसँग ६९ र चौथो विकेटका लागि दीपेन्द्रसँग ५६ रनको साझेदारी गरे ।

कोशीका लागि भुपाल लुईटेलले तीन, प्रकाश कार्कीले दुई तथा फिरदोस अन्सारी, श्रवण किस्कु र दिपेश कँडेलले समान एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो