माघ १५, २०८२ बिहीबार | ०५:०८:११
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बुधबार एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुलिसले कोशी प्रदेशविरुद्ध १५४ रनको फराकिलो जित निकाल्यो ।

जितसँगै पुलिसले  दुई खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित कोशी अंकविहिन छ । यसअघि पुलिसले लुम्बिनीलाई हराउँदा कोशी लुम्बिनी र मधेश प्रदेशसँग पराजित भएको थियो ।

पुलिसले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमै समेटियो । कोशीका लागि सुजन थपलियाले अविजित ३३, कप्तान अंकित सुवेदीले २१, शकिब हकले १७ र फिरदोस अन्सारीले १० रन बनाए ।

पुलिसका लागि करण केसीले तीन, कुशल भुर्तेल र ललितनाराण राजवंशीले समान दुई तथा सागर ढकाल, गुल्शनकुमार झा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८८ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ७८ बलमा समान दुई चौका र छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी दिलिप नाथले ६४ बलमा चार चौका र एक छक्काको मद्दतले ६१, राशिद खान र अर्जुन साउदले समान ३८, दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शनकुमार झाले २१ रन बनाए ।

कुशलले पहिलो विकेटका लागि अर्जुनसँग ६९ र चौथो विकेटका लागि दीपेन्द्रसँग ५६ रनको साझेदारी गरे ।

कोशीका लागि भुपाल लुईटेलले तीन, प्रकाश कार्कीले दुई तथा फिरदोस अन्सारी, श्रवण किस्कु र दिपेश कँडेलले समान एक विकेट लिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।