चैत्र १२, २०८२ बिहीबार | २०:०३:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भारतलाई एक खेल अगावै एकदिवसीय शृंखला

काठमाडौं । कप्तान रोहित शर्माको शतकप्रेरित भारतले इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

आयतबार बराबती क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा भारत चार विकेटले विजयी भयो ।  जितसँगै भारतले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा पनि भारत चार विकेटले नै विजयी भएको थियो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको ३०५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि रोहितले ९० बलमा १२ चौका र सात छक्काको मद्दतले सर्वाधिक ११९ रनको योगदान गरे ।

यसैगरी शुभमन गिलले ५२ बलमा ९ चौका र एक छक्काको मद्दतले ६०, श्रेयस अय्यरले ४४, अक्षर पटेलले अविजित ४१, रविन्द्र जडेजाले अविजित ११ तथा  हार्दिक पाण्डेया र केएल राहुलले समान १० रन बनाए ।

रोहितले पहिलो विकेटका लागि शुभमनसँग १३६ र तेस्रो विकेटका लागि श्रेयससँग ७० रनको साझेदारी गरे ।

इङ्ल्यान्डका लागि जिमी ओभर्टनले दुई तथा गस एट्किन्सन र लियम लिभिङस्टोनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि जो रुटले ७२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे ।

यसैगरी बेन डुकेटले ५६ बलमा १० चौकाको मद्दतले ६५, लियम लिभिङस्टोनले ४१, कप्तान जोस बट्लरले ३४, ह्यारी ब्रुकले ३१, फिल साल्टले २६ र आदिल राशिदले १४ रन बनाए ।

पहिलो विकेटका लागि बेन र फिलबीच ८१ रनको साझेदारी भयो । यसैगरी जोले तेस्रो विकेटका लागि ह्यारीसँग ६६ र चौथो विकेटका लागि जोससँग ५१ रनको साझेदारी गरे ।

भारतका लागि रविन्द्र जडेजाले तीन तथा मोहम्मद शामी, हर्षीत राना, हार्दिक पाण्डेया र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो