माघ १८, २०८२ आइतबार | ००:३७:४८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

भारतलाई एक खेल अगावै एकदिवसीय शृंखला

काठमाडौं । कप्तान रोहित शर्माको शतकप्रेरित भारतले इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

आयतबार बराबती क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा भारत चार विकेटले विजयी भयो ।  जितसँगै भारतले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा पनि भारत चार विकेटले नै विजयी भएको थियो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको ३०५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि रोहितले ९० बलमा १२ चौका र सात छक्काको मद्दतले सर्वाधिक ११९ रनको योगदान गरे ।

यसैगरी शुभमन गिलले ५२ बलमा ९ चौका र एक छक्काको मद्दतले ६०, श्रेयस अय्यरले ४४, अक्षर पटेलले अविजित ४१, रविन्द्र जडेजाले अविजित ११ तथा  हार्दिक पाण्डेया र केएल राहुलले समान १० रन बनाए ।

रोहितले पहिलो विकेटका लागि शुभमनसँग १३६ र तेस्रो विकेटका लागि श्रेयससँग ७० रनको साझेदारी गरे ।

इङ्ल्यान्डका लागि जिमी ओभर्टनले दुई तथा गस एट्किन्सन र लियम लिभिङस्टोनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि जो रुटले ७२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे ।

यसैगरी बेन डुकेटले ५६ बलमा १० चौकाको मद्दतले ६५, लियम लिभिङस्टोनले ४१, कप्तान जोस बट्लरले ३४, ह्यारी ब्रुकले ३१, फिल साल्टले २६ र आदिल राशिदले १४ रन बनाए ।

पहिलो विकेटका लागि बेन र फिलबीच ८१ रनको साझेदारी भयो । यसैगरी जोले तेस्रो विकेटका लागि ह्यारीसँग ६६ र चौथो विकेटका लागि जोससँग ५१ रनको साझेदारी गरे ।

भारतका लागि रविन्द्र जडेजाले तीन तथा मोहम्मद शामी, हर्षीत राना, हार्दिक पाण्डेया र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।