चैत्र ६, २०८२ शुक्रबार | १०:१६:५६
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु

काठमाडौं गुर्खाजको ट्यालेन्ट हन्ट’ मा सहभागी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज काठमाडौं गुर्खाजले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु गरेको छ ।

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा  सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो ।

काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले आफ्नो टोली बाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई केन्द्रित गरेर ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए । उनका अनुसार यसका लागि अनलाइन आवेदनमा ३८० खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए, जसमा मंगलबार १५० खेलाडीले ट्यालेन्ट हन्टमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

नेपाल क्रिकेट संघका सचिव एवंम बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का, काठमान्डौं गुर्खाजका कार्यकारी प्रमुख अधिकृत सन्देश कटवाल, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष एवंम बालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्रप्रसाद भट्टराईले ब्याटिङ, बलिङ र विकेटकिपिङ गरेर ट्यालेन्ट हन्टको उद्घाटन गरेका थिए ।

सो अवसर क्यानका सदस्य एवंम प्रवक्ता छुम्बी लामा, बाग्मती प्रदेश एवंम काठमाडौं जिल्लाका सदस्य अरुण सत्याल, काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजितध्वज चन्दको उपस्थिति थियो ।

क्यानका सचिव पारस खड्काले ट्यालेन्ट हन्टबाट १ जना खेलाडीले मात्र काठमान्डौं गुर्खाजबाट एनपीएल खेल्न पाउने भए पनि ट्यालेन्ट हन्टमा आएका सबै खेलाडी आजबाट गुर्खाज परिवारमा आवद्ध भएको बताए । ‘म पनि २२–२३ वर्ष अघि तपाईहरु जसरी नै बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर आज यो स्थितिमा आएको छु, आज तपाईहरुलाई पनि यसरी नै अगाडि बढ्ने मौका काठमाडौंले जुराइदिएको छ,’ पारसले भने, ‘एनपीएललाई लिएर चासो र उत्साह दिन प्रतिदिन बढ्दै गएकाले यो नेपाली खेलकुदकै ठुलो इभेन्ट बन्ने आशा लिएको छु ।’

क्यानका पूर्व उपाध्यक्ष भट्टराईले नेपाली क्रिकेटको विकासमा बालुवाटार क्रिकेटको योगदान निकै ठुलो रहेको र यसलाई निरन्तरता दिने कार्यक्रम जारी रहेको जनाए । बाग्मती प्रदेश एवंम काठमाडौं जिल्लाका सदस्य अरुण सत्यालले ‘ट्यालेन्ट हन्ट’बाट एक जनामात्र खेलाडी छनोट भए पनि राम्रा अन्य खेलाडीलाई जिल्ला र प्रदेशको टोलीका लागि पनि राखिने प्रतिबद्धता जनाए ।

काठमाडौंका प्रमुख प्रशिक्षक वसन्त शाहीले ‘ट्यालेन्ट हन्ट’ ले सबै खेलाडीलाई मौका दिने तथा एक उत्कृष्ट खेलाडी टोलीमा रहे पनि अन्य ४-५ खेलाडीलाई टिमसँगै राखेर प्रशिक्षणमा समावेश गरिने बताए ।

काठमाडौंको प्रारम्भिक चारणको ‘ट्यालेन्ट हन्ट’ बुधबार सिआइसी भक्तपुर, बिहीबार ललितपुरको हात्तिबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा हुनेछ । यसैगरी शनिबार काँडाघारीस्थित वान डे क्रिकेट एकेडेमीमा अन्तिम छनोट हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो