माघ १८, २०८२ आइतबार | १३:०९:१९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

कर्णालीको पहिलो जित

मधेशविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित विपिन शर्मा ।

विराटनगर । कर्णाली प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

सोमबार विराटगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा कर्णालीले मधेश प्रदेशविरुद्ध ४७ रनको जित निकाल्यो ।

जितसँगै पाँच खेलमा दुई अंक जोडेको कर्णाली पुछारमा छ । पराजित मधेश समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको मधेश २७.२ ओभरमा ८६ रनमै समेटियो ।

मधेशका लागि मायन यादवले १५, जितेश मण्डलले १३, रोहन साहले अविजित ११ र साहिल पटेलले ११ रन बनाए ।

कर्णालीका लागि विपिन शर्माले चार, युनिश ठकुरीले तीन, अनुज चनराले दुई र अर्विन्द घर्तीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४५ ओभरमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि हीरालाल चनराले ४५, कप्तान मनिष थापाले २२ र युनिश ठकुरीले २१ रन बनाए ।

मधेशका लागि राजेश यादवले चार, अफ्रुदिन राइनले तीन र रञ्जित कुमारले दुई विकेट लिए ।

सोमबारै ज्वाला क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध १२३ रनको सहज जित निकाल्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान पक्का गरेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।