चैत्र १८, २०८२ बुधबार | १२:३९:५७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

भारतविरुद्ध न्युजिल्यान्डको ‘ह्वाइट वास’

काठमाडौं । न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्धको टेस्ट शृंखलामा ‘ह्वाइट वास’ गरेको छ ।

मुम्बइस्थित वान्खडे क्रिकेट मैदानमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्ड २५ रनले विजयी भयो ।

जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पारेको छ । यसअघि न्युजिल्यान्ड न्युजिल्यान्ड आठ विकेट र ११३ रनले विजयी भएको थियो ।

न्युजिल्यान्डले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको भारत १२१ रनमै समेटियो ।

भारतले तेस्रो दिन ब्याटिङको सुरुआत गरेको थियो । भारतका लागि ऋषभ पन्तले ५७ बलमा ९ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे ।

न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै ऋषभ पन्त । 

यसैगरी वासिङटन सुन्दरले १२ र कप्तान रोहित शर्माले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि अजाज पटेलले ६, ग्लेन फिलिप्सले तीन तथा म्याट हेनरीले एक विकेट लिए ।

दोस्रो इनिङ्समा न्युजिल्यान्ड १७४ रनमा समेटिएपछि भारतले १४७ रनको लक्ष्य प्राप्त गरेको थियो । 
न्युजिल्यान्डका लागि विल योङ्गले १०० बलमा दुई चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी ग्लेन फिलिप्सले २६, डिभोन कोन्वेले २२, ड्यारिल मिचेलले २१ र म्याट हेनरीले १० रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले पाँच, रविचन्द्र आश्विनले तीन तथा वासिङटन सुन्दर र आकाश दिपले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले पहिलो इनिङ्समा २३५ रन बनाएको थियो । २६३ रन बनाएपछि भारतले पहिलो इनिङ्समा २८ रनको सामान्य अग्रता लिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो