माघ १५, २०८२ बिहीबार | २१:३५:०४
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

भारतविरुद्ध न्युजिल्यान्डको ‘ह्वाइट वास’

काठमाडौं । न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्धको टेस्ट शृंखलामा ‘ह्वाइट वास’ गरेको छ ।

मुम्बइस्थित वान्खडे क्रिकेट मैदानमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्ड २५ रनले विजयी भयो ।

जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पारेको छ । यसअघि न्युजिल्यान्ड न्युजिल्यान्ड आठ विकेट र ११३ रनले विजयी भएको थियो ।

न्युजिल्यान्डले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको भारत १२१ रनमै समेटियो ।

भारतले तेस्रो दिन ब्याटिङको सुरुआत गरेको थियो । भारतका लागि ऋषभ पन्तले ५७ बलमा ९ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे ।

न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै ऋषभ पन्त । 

यसैगरी वासिङटन सुन्दरले १२ र कप्तान रोहित शर्माले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि अजाज पटेलले ६, ग्लेन फिलिप्सले तीन तथा म्याट हेनरीले एक विकेट लिए ।

दोस्रो इनिङ्समा न्युजिल्यान्ड १७४ रनमा समेटिएपछि भारतले १४७ रनको लक्ष्य प्राप्त गरेको थियो । 
न्युजिल्यान्डका लागि विल योङ्गले १०० बलमा दुई चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी ग्लेन फिलिप्सले २६, डिभोन कोन्वेले २२, ड्यारिल मिचेलले २१ र म्याट हेनरीले १० रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले पाँच, रविचन्द्र आश्विनले तीन तथा वासिङटन सुन्दर र आकाश दिपले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले पहिलो इनिङ्समा २३५ रन बनाएको थियो । २६३ रन बनाएपछि भारतले पहिलो इनिङ्समा २८ रनको सामान्य अग्रता लिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।