आश्विन ३, २०८१ बिहीबार | ०७:०६:४७
नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित

एनपिएलमा पोखराको स्वामित्व पाउनुपर्ने पोखरा एभेन्जर्सको माग

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै पोखरा एभेन्जर्सका मालिक सुवोध त्रिपाठी ।

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा फ्रेन्चाइजको स्वामित्व आफूलाई दिनुपर्ने माग गरेको छ ।

नेपाल ट्वान्टी-२० क्रिकेट प्रालीले आइतबार पत्राकार सम्मेलनमार्फत पोखराको स्वामित्व आफूले पाउनुपर्ने माग गर्यो ।

कम्पनीको स्वामित्वमा रहेको पोखरा एभेन्जर्सले दुई वर्ष अगाडि सम्पन्न नेपाल ट्वान्टी-२० लिगमा प्रतिस्पर्धा गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसँग मिलेर नेपाल ट्वान्टी-२० लिग सुरुआत गरेको थियो।

तर, म्याच फिक्सिङलगायतका कुरा बाहिर आएपछि प्रतियोगिता नसकिँदै सेभेन थ्री स्पोर्टस सम्पर्कविहीन भएको थियो । 

सेभने थ्री स्पोर्टस सम्पर्कविहिन भएपछि सम्पूर्ण सम्झौता रद्द गर्दै क्यानले नै उक्त संस्करण पूरा गरेको थियो। अहिले क्यानले नै एनपिएल आयोजना गर्दै छ । 

पोखरा एभेन्जर्सका मालिक सुवोध त्रिपाठीले आफू अन्य फ्रेन्चाइजले जती नै शुल्क तिर्न तयार रहेको तर प्रतिस्पर्धा नगरीकन पोखराको टोली दिनुपर्ने बताएका छन् ।  

‘हामी एनपिएलमा तोकिएको फ्रेन्चाइज शुल्क तिर्नेलगायतका सम्पूर्ण सर्त मान्न तयार छौं । तर प्रतिस्पर्धा नगरी पोखराको दिनुपर्छ भन्ने हाम्रो माग हो ,’ त्रिपाठीले भने ।

यसैगरी त्रिपाठीले अन्यले पोखराको फ्रेन्चाइज टोली प्राप्त गर्दा कम्पनीलाई करोडौंको नोक्सन हुने बताए ।

‘हामीले नेपाल प्रियिमर लिगको विरोध गरेका हैनौं । तर पोखराको फ्रेन्चाइज अरुले प्राप्त गर्दा करोडौंको घाटा हुने भएकाले त्यो चाहिन्छ भनेका मात्र हौं । हामीले नेपाल ट्वान्टी-२० लिगमा ४ करोडभन्दा बढि लगानी गरिसकेका छौं । छुट्टै फ्यान फलोइङ भइसकेको छ । प्रतिस्पर्धामा जाँदा पोखराकै टिम पाउँछौं भन्ने ग्यारेन्टी छैन । अरु टिम पाए शुन्यबाट सुरु गर्नुपर्ने हुन्छ । जसले गर्दा हामीलाई पैसा मात्र नभएर धेरै कुराको घाटा हुन्छ,’ त्रिपाठीले थपे । 

आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने एनपिएलमा आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । 

 यस पटक लिगमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले प्रतिस्पर्धा  छन् ।

यी टोली किन्नका लागि १६ वटा कम्पनीले चासो देखाइरहेका छन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024