काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले व्यावसायिक क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
४० वर्षीय ब्राभोले सामाजिक सञ्जालमार्फत क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२४ आफ्नो अन्तिम व्यावसायिक प्रतियोगिता हुने बताए । उनले सिपिएलमा ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्नेछन् ।
ब्राभोले सन् २०२१ को आइसिसी ट्वान्टी-२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
उनी ट्वान्टी-२० क्रिकेटमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले ५७८ खेलमा ६३० विकेट लिएका छन् । यस्तै, ६ हजार ९७० रन पनि बनाएका छन् ।
ब्राभोले वेस्ट इन्डिजका लागि सन् २०१२ र २०१६ को ट्वान्टी-२० विश्वकपको उपाधि जितेका थिए ।
यसैगरी उनले फ्रेन्चाइज लिगमा १५ उपाधि जितेका छन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO